प्रतिनिधिसभाको बुधबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा माग गरिएको छ। नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् । सांसद सिंहले बर्तमान सरकार लोकतान्त्रिक नभएको दाबी गर्दै सरकारले संविधान उल्घंन गरेकोले प्रधानमत्रीको राजिनामा दिनुपर्ने माग गरे।
गृह मन्त्रालयले लेनिन विष्टलाई विदेश जान रोकेको विषयमा सिंहले प्रधानमन्त्रीको राजीनामा माग गरेका हुन् । तर, उनले विष्टको नाम भने लिएनन् । ‘राहदानी बाहकलाई रोकटोक नगरी जान दिन अनुरोध गर्दछ। साथै, मद्दत गरिदिन परराष्ट्र मन्त्रालय अनुरोध गर्दछ लेखिएको छ’, सिंहले भने, ‘एउटा मन्त्रालयले बेरोकटोक जान दिनुपर्छ भन्छ। गृहले रोक्छ कारण देखाउँछ – सरकारी अनुमति नभएको । के हरेक व्यक्तिले अनुमति लिनुपर्छ।’
सांसद सिंहले सरकार निरङकुशतातर्फ अगाडी बढेको आरोप समेत लगाएका छन् । उक्त अाराेपकाे सत्तारुढ दलका सांसदहरु खण्डन गर्ने प्रयास गरेका छन्।
महेश बस्नेत र अमनलाल मोदीले गृहमन्त्री र प्रधानमन्त्रीलाई बढी लक्षित गरेर आरोप लगाइएर प्रमुख प्रतिपक्षी दलले सदनको गरिमामाथि प्रश्न उठाएको दाबी गरे। उनीहरुले संविधानको कार्यान्वयनको लागि सरकार अघि बढीरहँदा पनि सरकारलाई प्रतिपक्षले बिरोध गर्नु उचित नभएको बताए।उनीहरुले राम्रो काम गरिरहेको वर्तमान सरकारको बिरोध गरियो भने भोलीका दिनमा कुनै पनि सरकार नटिक्ने ठोकुवा गरे।







