काठमाडाैँ । सांसद नबिना लामाले राजनीतिक पावरकाे अाडमा केही साता अघि छुटाएक गुण्डा नाइके सत्यमान लामा फेरि पक्राउ परेका छन्। अपराधिक क्षेत्रका माहिर खेलाडी गुण्डा नाइके दावा लामाका सहयोगी मानिएका सत्यमान पक्राउ परेका हुन् ।

महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी धिरज प्रताप सिंहको निर्देशनमा महाशाखाबाट खटिएको प्रहरी टोलीले मंगलबार लामालाई राजधानीको ठमेलबाट नियन्त्रणमा लिएको हो।

यसअघि सत्यमानलार्इ सांसद नबिना लामाले महानगरीय प्रहरी परिसर काठमाडौँमा आफै गएर छुटाएकी थिइन्। पछिल्लो समय ‘क’ श्रेणीका गुण्डा नाइके दावा लामाले काठमाडौं छाडेपछि उनको कारोबार काभ्रेली समूहका सत्यमानले सम्हाल्दै आएको प्रहरीले जनाएको छ।

अपराध महाशाखाका अनुसार काभ्रे तिमाल स्थायी घर भई शंखमुल बस्दै आएका मान बहादुर तामाङ र उनकी दिदी जितमाया तामाङलाई ‘काट्छु–मार्छु’ भन्दै धम्की दिएको जाहेरी परेपछि उनी पक्राउ परेका हुन् ।

‘ब्यक्तिको घरमै गएर ज्यान गायव बनाउने धम्की दिएको उजुरी परेको छ’ एसएसपी सिंहले भने, ‘सत्यमानबारे थप अनुसन्धान भईरहेको छ ।’

पछिल्लो समय प्रहरीले आफूलाई उच्च निगरानीमा राखेको सूचना पाएसँगै दावाले काठमाडौं छाडेका थिए । दावा काठमाडौं छाडेर भारतको सिक्कीममा लुकेर बस्न थालेपछि उनको कारोबार सत्यमानले सम्हाल्दै आएको बताइएको छ ।

प्रहरी स्रोतका अनुसार यस पटक सत्यमान लामाको विरुद्ध किटानी जहेरी नै परेकोले जो कोही आएपनि नछाड्ने बताइएको छ। यसरी सांसद र गुण्डाको सम्बन्ध रहेकाे छलर्ङ्ग भएको समेत देखिएको छ। यस विषयलार्इ लिएर नेकपामा ब्यापक रुपमा चर्चा भइरहेको छ।nepalpanaबाट

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार