नेत्रविक्रम चन्द ’विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई बुधबार जिल्ला अदालत भोजपुरले धरौटीमा रिहा गरेलगत्तै प्रहरीले पुन पक्राउ गरी दाङ लगेकाे छ।

ज्यान मार्ने उद्योग, विस्फोटक पदार्थ र आगजनीकाे अाराेपमा  प्रकाण्डलार्इ भाेजपुरबाट ६० हजार धरौटीमा रिहा गरेलगत्तै पुनः पक्राउ गरी बुधबार नै दाङ लगिएको हाे।

अदालतले छाेड्ने तर प्रहरीले पक्राउ गरेर राजनीतिक प्रतिसाेध साँधेकाे विप्लवले नेकपाले बताएकाे छ । पत्रकार र मानवअधिकारकर्मीहरूले कानुनकाे खिल्ली उडाउने काम सरकारले गरिरहेकाे भन्दै अाेली सरकारकाे विराेध गरिरहेका छन् ।

यसअघि उनलाई काठमाडौं, काभ्रे र नुवाकोटमा विभिन्न अभियोगमा मुद्दा चलाइएको थियो। उनीसहित ‘विप्लव’ का उच्च तहका नेताहरु पदमबहादुर राई ‘विकास’, देवान राई ‘दिपेश’, किरण राई, चन्द्र बुढाथोकीलगायतविरुद्ध जिल्ला अदालत भोजपुरमा विस्फोटक पदार्थ, आगजनी र ज्यान मार्ने उद्योगको मुद्दा दर्ता भएको अदालतले जनाएको छ।

सर्वोच्च अदालतले थुनामुक्त गर्न आदेश दिएकै भोलिपल्ट उनलाई मोरङको विराटनगर विमानस्थल हुँदै प्रहरीको गाडीमा मंगलबार राति भोजपुर लगिएकाे थियो।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार