‘नेपालखबर अनलाइन’ नामक एक मिडियाले ‘दाङकाे बम विस्फाेट देउवा लक्षित खुलासा, प्रकाण्डलार्इ अर्काे मुद्धाकाे तयारी, विप्लवकाे खाेजी’ शीर्षकमा बुधबार समाचार लेखेकाे छ।

याे समाचारभित्र तीनवटा फाेटाहरू राखेकाे छ । अनि क्याप्सनमा भनिएकाे छ, ‘सैन्य तालिम गराउने क्रममा विप्लव, प्रकाण्डसहितका नेताहरू ।’ समाचार र फाेटाबीच कुनै साइनाे र सम्वन्ध छैन ।

याे  समाचार प्रकाशित भएपछि विप्लव नेकपाका एक नेता अाश्चार्यचकित भएका छन् । सैन्य तालिममा विप्लव प्रकाण्डसहितका नेताहरू भनेर जुन तस्बिर राखिएकाे छ, ती तस्बीरहरू कुनै सैन्य तालिममा खिचिएकाे तस्बिर हाेइनन् ।

अाजभन्दा तीनवर्ष अगाडि महाभुकम्प अाएकाे बेला महासचिव विप्लव र प्रकाण्डसहितका नेताहरू गाेरखाकाे बारपाक जाने क्रममा खिचिएका तस्बीरहरू हुन् । तर समाचार लेख्ने पत्रकार र प्रकाशित गर्ने साे अनलाइनलले तस्बीर कहाँबाट लिएकाे हाे, त्याे स्राेत उल्लेख गरेकाे छैन । एकतर्फी राज्यकाे निर्देशनमा लेखिएकाे प्रष्ट छ ।

समाचार लेख्दा व्यवसायिक मिडियाहरूले दुबैतिर बुझेर मात्र समाचार लेख्ने धर्म हुन्छ । तर याे समाचार पुरै विप्लव नेकपालार्इ भड्काएर राज्यलार्इ उक्साउने खालकाे छ ।

‘व्यवसायिक मिडियाले समाचार लेख्दा कमसेकम अाफ्नाे न्युनतम धर्म त पूरा गर्नुपर्छ नि’, विप्लव नेकपाका एक नेताले भने, ‘याे समाचार र फाेटाबीच कुनै साइनाे र सम्वन्ध छैन ।’

याे समाचार पितकारिताकाे चरम रूप भन्दै विप्लव नेकपाका ती नेताले यस्ता समाचार लेख्ने मिडिया र पत्रकारलार्इ कानुनकाे दायरामा लिनुपर्ने बताउछन् ।

याे समाचारपछि तल राखिएका तस्बीरहरू तीन वर्षअघि खिचिएका हुन् । तर नेपालखबर अनलाइनले विप्लवले सैन्यदस्तालार्इ निर्देशन दिदै भनेर तस्बीर प्रकाशित गरेकाे छ ।

भुकम्प अाएकाे बेला बारपाकमा भुकम्पपीडितलार्इ कसरी सहयाेग गर्ने भनेर कार्यकर्ताहरूलार्इ निर्देशन दिदै विप्लव ।

बारपाकमा भुकम्पपीडितलार्इ कसरी सहयाेग गर्ने भनेर निर्देशन दिदै प्रकाण्ड ।।

बारपाकमा जाने क्रममा विप्लव र प्रकाण्डसहितका नेताहरू अाराम गर्दै ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार