महिला दिवसको दिन भारतमा एकजना महिलाले निकै अनौठो कुकृत्य गरेकी छिन् । राजधानी दिल्लीसँग जोडिएको उत्तरप्रदेशको गाजियाबाद जिल्लामा एक महिलाले रिसको झोँकमा आफ्नो लोग्नेको यौनांग काटिदिएकी छिन् ।
रिता नाम गरेकी ती ३० वर्षीया महिला बच्चा नजन्मिएपछि डिप्रेसनको सिकार बनेकी थिइन् । बुधबार विहान उनी लोग्नेसँग ठूलै झगडा गरिन् । झगडाकै बीचमा उनले लोग्नेको यौनांग काटिदिइन् ।लोग्नेको लिंग काटिदिने ती महिलाले बताएअनुसार बिहे गरेको १० वर्ष भैसक्दा पनि उनको बच्चा भएन र त्यसैको रिसमा उनले लोग्नेको लिंगलाई बेकामे ठहर गर्दै धावा बोलिन् । बच्चा नहुनुमा लोग्नेको दोष रहेको उनको ठम्याई थियो ।

पत्नीले यौनांग काटिदिएछि गुहार माग्दै रोइकराइ गरेका लोग्ने चाहीँलाई छिमेकी आएर उद्धार गरे र नजिकैको अस्पतालमा लगे ।

लोग्नेले आफूलाई समय नै नदिने गरेको, मारपिट गर्ने गरेको र बिहेको केही समयपछिदेखि आफूसँग सम्भोग पनि नगर्ने गरेको आरोप रिताको छ । लोग्नेले आफूसँग सहवास नगरेकैले आफ्नो बच्चा नरहेको र सम्भोग नगर्ने लोग्नेको लिंग राख्नुको अर्थ नरहेकाले आफूले काटिदिएको बयान उनले पुलिसलाई दिएकी छिन् ।

पुलिसले उनीमाथि कानूनी कारवाही गरी जेल चलान गर्ने तयारी गरेको छ । एजेन्सी

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार