बुढीनन्दा नगरपालिका–३ मा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बुढीनन्दा नगरपालिका–३ मेलढुस्काकी ४५ वर्षीया साउनीकला बोहरा र ५० वर्षीय बुधे बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। साउनीलाई करेन्ट लाग्दा उद्धार गर्ने क्रममा बुधेलाई पनि करेन्ट लागेको प्रत्यक्षदर्शीले बताएका छन्।
बुधबार दिउँसो गाउँ नजिकै रहेको बारीमा काम गरिरहेका बेला बड्डीगाड खोला लघु जलविद्युतको तार चुडिएर खेतमा परेकाले करेन्ट लागेर उनीहरुको मृत्यु भएको बताइएको छ। स्थानीयले जलविद्युत आयोजनाले तार चुडिँदा पनि पुनः मर्मत नगरेकाले करेन्ट लागेको बताएका छन्। -फाईल फोटो
thahakhabar







