जापानको ओसाकामा व्यवसाय गर्दै आएका एक नेपालीको आकस्मिक निधन भएको छ । एक वर्ष देखी लिभर सम्वन्धि रोगको उपचार गराउँदै आएका नेपाली व्यवसायी डिलाराम सापकोटाको उपचारको क्रममा बुधवार निधन भएको हो ।
नेपाल पुर्ख्यौली घर बाग्लुगंभई हाल चितवनमा बस्दै तथा जापान ओसाकामा रेष्टुरेण्ट व्यवसाय गर्दै आएका सापकोटा अन्दाजी ५० बर्षका थिए ।
गैर आवासिय नेपाली संघ जापानको पूर्व कार्य समिति सदस्य तथा नेपाली जनसम्पर्क समिति जापानका पूर्व सदस्य समेत रहेका सापकोटा जापानमा सपरिवार बस्दै आएका थिए ।







