
नेपाल कम्युनिस्ट पार्टीका पाेलिटव्युराे सदस्य अनिल शर्मा विरहीले प्रचण्डले कुनै बेला नेकपाका महासचिव विप्लवलार्इ भेट्न पाउँ भनेर सयाैंपटक खबर पठाएकाे खुलासा गरेका छन् ।
हालै केपी अाेली सरकारले वार्ताकाे नाटक रचेपछि नेकपाका नेता विरहीले यही वर्षकाे वैशाख जेठतिर प्रचण्ड र अाेलीले अाफ्ना दूतहरू विप्लवसँग भेट्नका लागि खटाएकाे अर्काे खुलासा गरेका छन् । नेकपा निकट पत्रिका राताेखबर पत्रिकामा अाफ्नाे विचार राख्दै नेता अनिल शर्मा विरहीले यस्ताे खुलासा गरेका हुन् ।
प्रचण्ड धाेकेबाज र साम्राज्यवादकाे नाेकर भएकाे भन्दै विप्लवले भेट्न अस्वीकार गरेकाे नेता विरहीले उजागर गरिदिएका छन् ।
‘प्रतिक्रियावादी वर्गले जबजब शान्तिको कुरा गर्छ तब भयानक युद्धको तयारी गर्दैछ भनेर बुझ्नुपर्छ । वैशाखजेठतिर नै प्रचण्ड र ओलीले आफ्ना दूतहरूलाई वार्ताका लागि खटाएका थिए । प्रचण्डले त क. विप्लवलाई भेट्न पाऊँ भनेर सयौँपटक खबर पठाए ।’ नेता अनिल शर्मा विरहीले भनेका छन्। ‘क. विप्लवले धोकेबाज, साम्राज्यवादको चाकर बनिसकेका प्रचण्डलाई नभेटेपछि कुण्ठित भए र त्यो कुण्ठा बदलाभावमा व्यक्त गर्दैछन् । नेकपालाई दमन गर्न उक्साइरहेका छन् । त्यही षड्यन्त्रलाई सही साबित गर्न वार्ताको चर्चा बाहिर ल्याइएको छ ।’
सरकारले एकातिर वार्ताकाे कुरा गर्ने, अर्काेतिर अाफ्ना नेता र कार्यकर्ताहरू धमाधम गिरफ्तार गर्नु नाटक भएकाे भन्दै नेकपा नेता विरहीले सरकार साँच्चिकै इमान्दार हाे भने वार्ताका लागि वातावरण बनाउन अाग्रह गरे ।
उनले लेखेका छन्, ‘त्यसकारण सरकारमा इमानदारी हुनुप¥यो । क. प्रकाण्ड र क. शिलुसम्मको गिरफ्तारी र गैरजिम्मेवार सरकारी वार्ता हल्लालाई एउटै सिक्काका दुई पाटाका रूपमा हेर्नुपर्छ । हामी उत्तेजित भएर सरकारको पहलकदमीमा उसले चाहेको कदम चाल्नु हुँदैन । तर सरकारी चुनौतीको सामना गर्न ‘यथास्थितिमा क्रमभङ्ग’ वर्तमान आवश्यकता बन्दै गएको छ ।’







