लेखक एवं पत्रकार दिल निशानीमगरले गृहमन्त्री रामबहादुर थापा बादललार्इ मिस्टर क्लाउड भन्दै बादलकाे दमनकारी कदमकाे विराेध गरेका छन् ।
अाेली र बादलकाे दमनकारी व्यवहारले विप्लव नेकपाले धेरै समय संयम भएर बस्न नसक्ने भन्दै एकदिन जनताकाे सहभागितामा उनीहरूले दमनकाे बदला लिइछाड्ने बताए ।
राज्य देशमा युद्ध चाहिरहेकाे भन्दै लेखक निशानीले अहिले नेकपाकाे गतिविधि हिंशात्मक नभएकाे र त्यसले याे देशका दलाल र भ्रष्टहरूलार्इ निशाना बनाएकाे भन्दै भाेली राज्य दमनकारी बन्दै गए विप्लव नेकपाले पनि त्यही बाटाे अख्तियार गरे देशमा ठूलाे गृहयुद्ध निम्तिने मगरकाे भनार्इ छ।
अाेली सरकारले जे गर्नुपर्दथ्याे त्याे नगरेकाे र जे नगर्नु पर्ने थियाे त्यही काम गरेर देशलार्इ मुठभेदतिर लगेकाे निशानीमगरकाे भनार्इ छ । विप्लव नेकपाले जनताका प्रत्यक्ष मुद्धाहरू उत्थान गरेकाेले याे शक्ति देशैभरि फैलिएकाे कुरालार्इ राज्यले बुझ्नुपर्छ भन्दै निशानीमगरले जनताकाे शक्तिलार्इ कसैले तह लगाउन नसक्ने बताए ।
विप्लव नेकपा सबैकाे अातंक नबनेकाे तर केही दलाल र भ्रष्टहरूका लागि अातंक बनेकाे निशानीमगरकाे भनार्इ छ ।
अार्थिक रूपमा चन्दा उठाएकाे अाराेपमा विप्लव नेकपाका नेताहरूलार्इ गिरफ्तार गर्नु राज्यकाे ठूलाे कमजाेरी रहेकाे भन्दै उनले यस्ताे कार्य राेक्न सरकारलार्इअनुराेध गरे । याे देशमा सबै पार्टीहरू चन्दाबाट चलेकाे उदाहरण दिदै उनले विप्लव नेकपाले पार्टी र अान्दाेलन चलाउन चन्दा उठाउनु स्वभाविक भएकाे बताए ।
https://www.facebook.com/393343421085494/videos/2138774746338747/







