बुधवार बिहान एक होटलमा बंगाली चलचित्र उधोगकी प्रसिद्ध अभिनेत्री पायल चक्रबर्ति सिलिगुडीको मृत अवस्थामा भेटिएकी छिन् । दक्षिणी कोलकाताकी पायलले सिलिगुडी चर्च रोड संगैको एक होटलमा मंगलबार साँझ चेक इन गरेकी थिइन् । होटलका कर्मचारीका अनुसार उनि बिहिबार बिहान गंगटोक जाने तयारीमा थिइन् । यद्यपि उनको बुधबार केहि चहल-पहल भएन । कर्मचारीका अनुसार उनि आए देखि उनको कोठाको ढोका भित्रबाट बन्द थियो । धेरै पटक ढोका ढकढक्याउदा पनि कुनै प्रतिक्रिया नआएपछि होटल अधिकारीले पुलिसलाई खबर गरेका थिए ।
पुलिसले आएर ढोका तोड्दा कोठा भित्र पायलको लास पाइयो । पायलले धेरै बंगाली टेली सिरियल लगायत बंगाली फिल्महरुमा काम गरिसकेकी छिन् । बलिउड फिल्म ‘गुड्डु की गन’ मा पनि उनले काम गरेकी थिइन् । पायल आउँदै गरेको बंगाली फिल्म ‘केलो’ मा मुख्य भूमिका निर्वाह गर्दै थिइन् । केहि भारतीय मिडियाहरुले उनले होटलमा झुण्डीएर आत्महत्या गरेको समाचार सम्प्रेषण गरेका छन् । तर यस विषयमा भने भारतीय प्रहरीले आधिकारिक रुपमा केहि पनि बोलेको छैन। रिपोर्ट अनुसार यो आत्माहत्या हुन सक्ने बताइएको छ ।osnepalबाट







