भारत भ्रमणमा रहेका पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहालले आजदेखि भेटवार्ता गर्दैछन् ।

चारदिने भ्रमणका लागि हिजो भारत प्रस्थान गरेका दाहालले भूकम्पपछि भारतले गर्ने भनेको सहयोग प्रतिबद्धतालगायत दुर्इ देशीय हितका लागि भेटघाट भनिएपनि उनकाे उद्धेश्य अर्कै रहेकाे स्राेतकाे दाबी छ ।

दाहालकाे भ्रमणको लक्ष्य व्यक्तिगत रणनीति तय गर्नु मुख्य मिसन रहेकाे विश्लेषकहरूले बताएका छन् । दाहालले आज शुक्रबारबाट राजनीतिक भेटघाट थाल्नेछन् ।

आज साढे १२ बजे भारतीय गृहमन्त्री राजनाथ सिंहसँग भेटवार्ताको तयारी गरेका दाहालले शनिबार सोही समयमा प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

आफ्नो भ्रमण राजनीतिक नभएको दाहालले दावी गरे पनि आफू प्रधानमन्त्री बन्नका लागि दौडधुप सुरु गरेको विशेष स्राेतकाे दाबी छ । मोदीसँग सहकार्य गरेर अगाडि बढ्नुपर्ने निष्कर्षमा पुगेका दाहालले राजनीतिका भेटघाटलाई प्राथमिकतामा राखेका हुन् ।

भारतमा मोदी फेरी पनि प्रधानमन्त्री बन्ने सम्भावना भएकाले दाहालले मोदीलाई प्राथमिकतामा राखेका हुन् । आफु प्रधानमन्त्री बन्दासम्म मोदी पनि भारतको प्रधानमन्त्री भइरहने अनुमान दाहालले गरेरै दाहालले भारत भ्रमण तय गरेका हुन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार