सन्धिखर्क : भदौ १८ गते सोमबार सन्धिखर्क नगरपालिका १२ बस्यालटोला नजिकै बोरामा फालेको अवस्थामा भेटिएको शव श्रीमतीले आफ्नो प्रेमीसँग मिलेर श्रीमानको हत्य गरी फालेको खुलासा भएको छ । प्रहरीको अनुसान्धनले श्रीमतीले आफ्नो प्रेमीसँग मिलेर श्रीमानको हत्या गरी फालेको निष्कर्ष निकालेको हो ।
कपिलवस्तु बाँणगंगा ७ धैरेनीडाँडा निवासी ३३ वर्षिया राधा घर्तीमगरले प्रेमी रुकुम घर बताउने रमेश विकसँग मिलेर ३६ वर्षीय श्रीमान धनबहादुर घर्ती मगरको हत्या गरी फालेको पुष्टि भएको छ । हत्या गरेर बोरामा बाँधेर जंगलमा फालेको राधा र उनको माइती परिवारले स्वीकार गरेको जिल्ला प्रहरी कार्यलयकाले जानेको छ ।
धनबहादुरको शव सन्धिखर्क नगरपालिका १२ बस्याल टोलाको चिलीयाथुम खोल्सामा गत १८ गते सोमबार बेबारिसे अवस्थामा भेटिएको थियो । बेबारिसे शव भेटिएपछि प्रहरीले अनुसन्धान थालेको थियो।
शव भेटिएको दुई दिनपछि कपिलवस्तुको बाँणगंगा ७ धैरेनीडाँडा बस्ने धनबहादुरको शव हुन सक्ने भन्दै गत मंगलबार राति राधालाई जिल्ला अस्पतालमा देखिएको थियो । तर राधाले आफ्नो श्रीमान नभएको भनि फर्किइन्। प्रहरीले ‘राम्रोसँग हेर्नुस् हुन सक्छु’ भन्दा ‘मेरो श्रीमानलाई मैले भन्दा अरु कस्ले चिन्न सक्छ’ भनी उनी घर फर्केकी थिइन्।
राधामाथि शंका लगेर फेरी प्रहरीले राधालाई बोलाएर शवको बारेमा अनुसन्धान सुरु गर्यो । प्रहरीले राधालाई हिरासतमा राखेर अनुसन्धान गर्दा उनले आफ्ना प्रेमीले हत्या गरेको खुलासा गरिन्। हत्या गरेर बोरामा बाँधेर फालेको उनले स्वीकार गरिन्।
कसरी भयो धनबहादुरको हत्या ?
दशैँमा आउँछु भनेर धनबहादुर बागलुङ गएका थिए । त्यही मौकामा रमेश विक विदेशबाट आएर राधाको घरमा तीन दिन बसेका थिए। १२ गते राधा, राधाकी आमा र रमेश तीनै जना माइती सन्धिखर्क गएका थिए ।
उनीहरु माइती गएका बेला धनबहादुर घर्ती मगर अचानक घर आए । घर आउदा श्रीमतीलाई नदेखेपछि उनले फोन गरे । त्यसपछि राधा माइत गएको थाहा भयो । उनलाई नसोधी माइती जाँदा राधा र धनबहादुरबीत विवाद भएको थियो ।
धनबहादुर १३ गते साँझ एक्कासि ससुराली पुग्दा उनदे श्रीमती अपरिचित मान्छेसँग देखे । आफ्नी श्रीमती परपुरुषसँग देखेपछि उनीहरुबीच विवाद चुलियो । विवादले उग्र रूप लिँदा त्यहीबीच धनबहादुरको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसान्धानबाट खुलेको हो ।
राधिकाको बुबा आमा र राधिकालाई सोधपुछका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ। घटनाको अनुसन्धान भइरहेको प्रहरीको भनाई छ। news24nepal







