काठमाडाैँ । लामाे समयदेखि राजनीति गर्दै अाएका नेकपाका नेता नारायणकाजी श्रेष्ठले पार्टी विधि र पद्धतीद्धारा चलाउन नसके पार्टी कुनै हालतमा चल्न नसक्ने ठाेकुवा गरेका छन्। नेता नारायणकाजी प्रवक्ता पदबाट केहि महिनाअघि राजिनामा दिएका छन्।तर उनको राजिनामा स्वीकृत भने भएको छैन।अनसनरत डा।गोविन्द केसीलाई भेट्न गएकोमा पार्टी नेतृत्वले स्पष्टिकरण माग्दै आलोचना गरेपछि श्रेष्ठले राजिनामा दिएका हुन्।

ईमेज च्यानलको कार्यक्रम ‘सम्भास’मा कुराकानी गर्दै श्रेष्ठले भने -‘नेकपालाई व्यक्ति(व्यक्ति चलाउन खोजेर चल्दैन।पार्टीलाई संस्थागत हिसाबमा विधि र पद्धतीद्धारा चलाउन सकिएन भने पार्टी नै चल्न सक्दैन।’

श्रेष्ठले भने-कुनैपनि स्वतन्त्र र राम्रो मान्छे पार्टीको झण्डा नबोकी कुनैपनि पदमा पुग्न सक्दैन।नेपालमा सबैले एउटा(एउटा पार्टीको झण्डा बोकेर वकिल भएका श्रेष्ठको भनाई छ।

श्रेष्ठ अगाडि भन्छन् -अहिले मलाई भेट्न आउने उनान्सय प्रतिसत मानिसहरु आफ्नो व्यक्तिगत स्वार्थको लागी आउँछन्।

जसमा आफूलाई अन्याय पर्यो भन्नको लागी होइन,कसैलाई अन्यायमा पारिदिन पर्यो भन्न आउँछन्।राज्य संयन्त्रलाई भन्दिनु पर्यो र नमिल्ने काम मिलाईदिन पर्यो भन्दै आउँछन्।अझ उल्टो नमिल्ने काम काम मिलाउन नसक्ने पनि तपाईं के नेता भन्दै प्रश्न गर्छन्।श्रेष्ठले गुनासो पोखे। nepalpana बाट

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार