नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारतको औपचारिक भ्रमणका क्रममा बिहीबार अपराह्न दिल्ली पुगेका छन् । एयर इन्डियाको उडान नम्बर एआई २१६ बाट उनी दिल्ली पुगेका हुन् । प्रचण्ड आइसिडब्लुएको निमन्त्रणामा भारत गएका हुन् । उनलाई नेकपा महासचिव विष्णु पौडेल तथा नेताहरू अमिक शेरचन, सुवासचन्द्र नेम्वाङ, नारायणकाजी श्रेष्ठ, देवेन्द्र पौडेल, लीलामणि पोखरेललगायतले बिदाइ गरेका थिए ।
प्रचण्डले शनिबार दिउँसो साढे १२ बजे भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग ७ लोककल्याण मार्गस्थित प्रधानमन्त्रीनिवासमा भेटवार्ता गर्ने कार्यक्रम छ । दिल्ली जानुअघि पत्रकारसँग कुरा गर्दै प्रचण्डले नेपाल र भारतबीच यसअघि भएका सम्झौता र सहमति कार्यान्वयनमा जोड दिने बताए । शनिबार दिउँसो साढे १ बजे प्रचण्डको सम्मानमा भारतका विदेशमन्त्री सुष्मा स्वराजले दिवाभोज आयोजना गरेकी छन् । साँझ इन्डिया फाउन्डेसनद्वारा आयोजित विद्वत् समारोहलाई उनले सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रचण्डको सम्मानमा बिहीबार साँझ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले रात्रिभोज आयोजना गरेका छन् । डोभालले प्रचण्डसँग शिष्टाचार भेट पनि गरेका छन् । शुक्रबार साढे १२ बजे भारतका गृहमन्त्री राजनाथ सिंहले प्रचण्डसँग शिष्टाचार भेट गर्दै छन् । उनले साँझ ६ः३० बजे पिएचडिसिसिआईद्वारा आयोजित भारतीय उद्योगी व्यवसायीसँगको अन्तक्र्रियामा सहभागी हुनेछन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार