काठमाडौं । काठमाडौं प्रहरी परिसरले ‘गुन्डा नाइके’ बाघे भनिने शुकबहादुर तामाङलाई पक्राउ गरेको छ । उनलाई स्वयम्भूबाट पक्राउ गरिएको एसएसपी वसन्त लामाले जानकारी दिए । तामाङविरुद्ध गुण्डागर्दी र हप्ता असुलीमा उजुरी परेपछि पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार लामा स्वयम्भू र बालाजु क्षेत्रमा सक्रिय रहेका गुन्डा हुन । यसअघि पनि उनलाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ पर्दै छुट्दै गरेका तामाङ बिहीबार पुनः पक्राउ परेका हुन् । एसएसपी लामाका अनुसार बिहीबार तामाङलाई सार्वजनिक अपराध ऐन अन्तर्गत म्याद थपेर हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ ।
तामाङ स्वयम्भू र बालाजु क्षेत्रमा घर जग्गाको कारोबार गर्नेदेखि विभिन्न व्यापार गर्नेहरुलाई धम्क्याएर असुली गर्ने गरेका थिए । बाघेले एक वर्षअघि स्वयम्भूमा तिब्बती नागरिकलाई कुटपिट गरी ११ लाख रुपैयाँ लुटेका थिए । त्यो घटनापछि भारत गएका तामाङ केही समयअघि मात्रै नेपाल आएका थिए । janaboli बाट

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार