राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सको ३२० एयरबसमा चरा ठोक्किएपछि जहाज ग्राउन्डेड भएको छ ।
मलेसियाबाट काठमाडौं आएको जहाजमा बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा चरा ठोक्किएको वायु सेवा निगमका प्रवक्ता रवीन्द्र श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार अहिले जहाज मर्मत कार्य भइरहेको छ । जहाज एक दुई दिनमै नियमित उडानमा फर्कने छ ।
चरासँग ठोक्किएको जहजाको पखेटामा सामान्य क्षति पुगको छ । कुनै पनि प्रकारको जहाजमा प्राविधिक क्षति पुगेको अवस्थामा जहाज निर्माता कम्पनीले दिने ‘म्यानुफ्याक्चर मेन्टिनेन्स म्यानुअल’का आधारमा मात्रै मर्मत गर्नुपर्ने हुँदा केही ढिला भएको प्रवक्ता श्रेष्ठले बताए ।panchkhalonline.com







