नेपाल कम्युनिस्ट पार्टीका नेतृ एवं पोलिटब्यूरो सदस्य उमा भुजेल ‘शिलु’लाई सर्वोच्च अदालतले रिहा गर्न आदेश दिए लगत्तै पुन गिरफ्तार गरिएकाे छ ।
सर्वाेच्चले रिहा गरे लगत्तै प्रहरीकाे ठूलाे संख्यामा रहेकाे टाेलीले नेतृ भुजेललार्इ जबर्जस्ती पुलिसकाे भ्यानमा राखिएकाे थियाे । नेतृ भुजेलले पक्राउ पुर्जी खाेइ भन्दै प्रश्न गर्दा महिला प्रहरीले दुर्व्यबहार गरेर गाडीमा बलजफ्ती राखिएकाे थियाे ।
नेकपा नेतृ भुजेललार्इ पक्राउ पुर्जीबिना पक्राउ गर्न खाेजेपछि पत्रकारहरूकाे ठूलाे समुहले पनि प्रहरीकाे त्यस्ताे कार्यकाे विराेध गरेका थिए ।
अाजै सर्वाेच्चका न्यायाधीशद्वय शारदा प्रसाद घिमिरे र प्रकाशमान सिंह राउतको संयुक्त इजलाशले सर्बोच्च अदालतका रजिस्टारको रोहोबरमा छाड्न आदेश दिएको हो ।
सर्वाेच्च अदालतका रजिस्टारको रोवहरमा रिहा भएकी नेत्री शिलुलाई प्रहरीले सर्वोच्च अदालतको ढोकैवाट पुन गिरफ्तार गरेको छ । उनलाई नुवाकोट लैजाने प्रहरीले बताएको छ ।
भिडियाे –
https://www.facebook.com/100009303257636/videos/2124647061188715/







