अहिले सबैतिर तीजमय छ, विश्वभर नेपालीहरू जहाँ जहाँ छन्, तीजमय माहोल बनाएर बसेका छन् । टिभी, रेडियोमा पनि तीजका गीतहरू घन्किहरेका छन् । सामाजिक सञ्जालका तीजाम्य अनुभूतिका संगालोहरु बनेको छ ।

आजभोली तीजको दर तीजभन्दा महिनौँ अघिबाटै शुरु भइसकेको हुन्छ । शताब्दीऔंदेखि महिलाहरूको शौभाग्यका लागि बसिने यो तीजका आयामहरू आजभोली समयसङ्गै आधुनिक हुँदै गएको छ ।

तीज आउन केही दिन मात्रै बाँकी छ । जताततै तीजको दर खाने कार्यक्रम चलिरहेको छ । शुक्रबार ग्रामीण स्वाबलम्बन बहुउद्देश्यीय सहकारी संस्थाको आयोजनामा तीज विशेष कार्यक्रममा दर खाएका महिला र बालबालिका ‘फुड प्वाइजन’का कारण ६० जना स्थानीय बिरामी परेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

बिरामीहरुको पाँचखाल मेडिकल, धुलिखेल अस्पताल, बनेपास्थित शिरमेमोरियल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका जानएको छ ।news24nepal बाट

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार