धनुषा माइती भएकी एक महिलाको भारतमा आफ्नै श्रीमानले दाइजो नपाएको निहुँमा हत्या गरेका छन् । दाइजो नल्याएको भन्दै कुटपिट गरि धनुषाकी २० वर्षीया कृतिलाई आफ्नै श्रीमानले हत्या गरेका हुन् । कृतिको र रन्धीरको २ वर्षघि मात्रै मागी बिहे भएको थियो ।घटनापछी कृतिको ५ महिनाका दुधे छोरा माइतीले जिम्मा लिएको छ ।

धनुषाको विदेह नपा–८, वैदेही गाउँनिवासी ममता झा र स्व राजकुमार झाकी छोरी कृतिलाई गएको शनिबार भारतको मधुवनी जिल्लामा पर्ने रहिका गाउँस्थित घरमा कृतिका श्रीमान र सासूले मिलेर निर्घात कुटपिट गरि हत्या गरेको बताइएको छ ।श्रीमान र सासूले हत्या गरेपछी शव पोको पारेर पोखरी छेउमा फालेका थिए ।घटना भएपछी कृतिका सासू रन्जुला मिश्रलाई पक्राउ गरिएको छ भने पति रन्धीर अहिले सम्म फरार छन् । fishtailkhabar.com

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार