
नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डलार्इ हाल दाड. जिल्ला प्रहरी कार्यालकाे हिरासतमा राखिएकाे छ ।
हिरासतमा रहेका प्रवक्ता प्रकाण्डलार्इ भेट्न दाङस्थित मानवअधिकार संजाल समितिकाे टाेलीले भेट गरेकाे छ । पूर्व मन्त्री समेत रहेका प्रकाण्डकाे हिरासतकाे अवस्थाबारे बुझ्न मानव अधिकार सन्जाल दाङकाे टाेली प्रहरी कार्यालय पुगी प्रकाण्डसंग भेट गरेकाे थियाे ,
मानअधिकारवादी टाेलीसँगकाे भेटमा प्रकाण्डले राजनीतिक मुद्दालाई अपराधिकरण गरिएकाे भन्दै अाेली सरकारकाे कडा रूपमा भर्त्सना गरेका थिए ।
यसैबीच दाङस्थित मानवअधिकार संजाल समितिले एक विज्ञेप्ती जारी गरेर प्रकाण्डलार्इ सर्वाेच्चले पटक पटक रिहा गर्ने अादेश दिने तर सरकारले पटक पटक गिरफ्तार गरेर अनावश्यक दुख दिएकाे बताएकाे छ ।
लाेकतन्त्रमा हरेक मान्छेकाे वैयक्तिक स्वतन्त्रतालार्इ राज्यले सम्मान गर्न पाउनु पर्ने भन्दै मानवअधिकार संजाल दाङले सर्वाेच्च र जिल्ला अदालतकाे अादेशलार्इ सरकारले पूर्णत पालना गर्नैपर्नेमा जाेड दिएकाे छ ।
सबैखाले समस्याकाे समाधान वार्ताबाट हुने भन्दै विप्लव नेकपाकाे राजनीतिक माग र उसकाे मुद्धालार्इ सही राजनीतिक ढंगले हल खाेज्न अनुराेध समेत गरिएकाे छ ।
मानवअधिकार संजाल दाङद्धारा जारी विज्ञेप्तीकाे पूरा पाठ –








