प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकमा भ्रष्टाचार अन्त्य गर्न प्रधानमन्त्री केपी शर्मा ओली गम्भीर नभएको आरोप लगाएका छन् । नेता पौडेलले दुर्इ वाइड बडी विमान खरिदमा आर्थिक घोटाला भएको दाबी गर्दै छानबिनका न्यायिक आयोग तत्काल गठन गर्न सरकारसँग माग गरेका हुन् ।

देशलार्इ सुशासनमा लैजान सरकार गम्भीर नभएकाले मुलुक अस्तव्यस्त हुने पौडेलले बताए । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री ओलीले मुलुकमा भ्रष्टाचार अन्त्य गर्ने घोषणा गरे पनि काम गर्न नसकेको दाबी गरेका छन् ।

नेता पौडेलले जिल्ला समन्वय समितिलाई कार्यकारी अधिकार दिने गरी संविधान संशोधन गर्न सरकारसँग माग राखेका छन् । उनले जिल्ला समन्वय समितिलाई कार्यकारी अधिकार दिए मात्रै संघीयता बलियो हुने भएकाले सोही अनुसारको व्यवस्था गर्न सरकारले संविधान संशोधन गर्न ढिलाई गर्न नहुने पनि स्पष्ट पारेका थिए ।nayapatrika बाट

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार