
सत्ताधारी नेकपाका स्थानीय नेता कार्यकर्ताहरू विप्लव नेतृत्वकाे नेकपामा प्रवेश गरेका छन् । सुर्खेतका पूर्व माके र एमालेका २३ जना स्थानीय नेता कार्यकर्ताहरु विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका हुन् ।
अहिलेको दलाल संसदीय पुँजीवादी व्यवस्थाबाट कुनै पनि निकास हुदैन भन्दै विद्रोह गरी नेकपामा प्रवेश गरेका नेता कार्यकर्ताहरूले देशकाे निकास एकीकृत जनक्रान्तिबाट मात्र हुने बताएका छन् ।
नेकपाले भदौ १ गतेदेखि सुरु गरेको ‘संगठन सुदृढीकरण तथा विस्तार अभियान’ मा उनीहरु प्रवेश गरेका हुन् । उक्त कार्यक्रममा १ नं कमान्डका टिम कमाण्डर महेश, टिमको इन्चार्ज यामराज र नरेश लगायतले नवप्रवेशीहरुलाई पार्टी प्रवेश गराएका थिए ।
उक्त कार्यक्रममा बोल्दै वक्ताहरुले दलाल सरकारले गर्ने भ्रष्टाचार, अनियमितता कर, असुली, कालाबजारी, बलात्कारी, शोषन दमनको अन्त्य गरी वैज्ञानिक समाजवादी व्यवस्था प्राप्तिका लागि जनतालाई नेकपामा गोलबन्द हुन आह्वान गरेका छन् ।
देशैभरि विप्लव नेतृत्वकाे नेकपामा धुव्रीकृत हुने लहर नै चलेकाे नेकपाले जनाएकाे छ ।







