विमस्टेक राष्ट्रहरुबीच हुने भनिएको संयुक्त सैन्य अभ्यासमा नेपाल सहभागी नहुने भएपछि त्यसले एकपटक फेरि दिल्लीलार्इ झस्काइदिएकाे छ ।

नेपालमा सम्पन्न विमस्टेक सम्मेलनमा भारतीया प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त सैन्य अभ्यास गर्न प्रस्ताव गरेका थिए । विमस्टेक मुलुकले यसलाई स्वीकार गर्दै संयुक्त सैन्य अभ्यास गर्ने सहमतिमा अध्यक्ष राष्ट्रको हैसियतले नेपालका प्रधानमन्त्री केपी शर्मा आेलीले सहमति जनाएका थिए ।

सोही अनुसार नेपाली सेनाले संयुक्त सैन्य अभ्यासको तयारी गरेर भारतको पुणेमा यहि भदाै २५ देखि ३१ गतेसम्मका लागि सहभागी हुन त्यसतर्फ जाने तयारी थालेको थियो । तर, नेपालमा यसको व्यापक विरोध भएपछि प्रधानमन्त्री आेलीले प्रधानसेनापतिलाई नजान निर्देशन दिएकाले स्थगित गरिएको जनाइएको छ ।

विमस्टेक मुलुकको सदस्यका हैसियतले नेपालको सहभागीता त्यहाँ सान्दर्भिक हुने र असंलग्न राष्ट्रले यसरी जान नहुने दुवै तर्कले समाज विभाजन गरिरहेको अवस्थामा यसलाई प्रधानमन्त्री आेलीले रोकेका हुन् ।

संयुक्त सैन्य अभ्यास रोकिनुमा नेपालको सरकार परिवर्तनको संकेत देखा परेको राजनीतिक जानकारहरु जनाउन थालेका छन् ।

नेपाली राजनीतिमा बाह्य शक्तिको चलखेल हुने गरेको कुरा कुनै नाैलो कुरा होइन । राणा शासनदेखि राजा हुदै राजनीतिक दलसम्म आइपुग्दा नेपालको राजनीतिमा बाह्य शक्तिको चलखेल बढ्दै गएको छ ।

विशेषगरेर नेपालमा भारतले हस्तक्षेप गरेको आरोप लाग्ने गरेको छ । यसै सन्दर्भमा केहि तथ्य यहाँ केलाउन खोजिएको छ ।नेपाल कम्युनिष्ट पार्टीका एक जना अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ यतिवेला भारत भ्रमणमा निस्केका छन् । उनी अहिले चुपचाप बसेका छन् ।

मिडियालाई खुराक दिइरहने नेता यसरी माैन किन बसेका छन् ? यो एउटा रहस्यमयी घटना बनेको छ ।  उनी जतिबेला माैन बस्छन् नेपालको राजनीतिमा कुनै न कुनै उथलपुथल आएकै हुन्छ ।

प्रचण्ड भारत भ्रमणमा निस्केकाे बेला विमस्टेक राष्ट्रले संयुक्त रुपमा गर्ने भनिएको सैन्य अभ्यास रोकिनुमा यसको कुनै राज लुकेकोमा सवै जानकार भएको हुनपर्छ । नेकप कै सांसदहरुले खुल्ला रुपमा संयुक्त सैन्य अभ्यासको विरोध गरेर प्रधानमन्त्री आेलीलाई गलाउने षडयन्त्रका पछाडि कुनै रहस्य लुकेको हुनुपर्ने विश्लेषकहरूकाे राय रहेकाे छ ।

भारतसंग हुने भनिएको संयुक्त सैन्य अभ्यास स्थगनले आेलीलाई पुन: मोदी सरकारले शंकाको घेरामा राख्ने कुरामा जानकार प्रचण्डले खेल रचेको आरोप आेली निकट स्रोतको दावी छ ।

अर्को महत्वपूर्ण कुरा नेता भीम रावल लगायत नारायण काजी श्रेष्ठले खुलेरै संयुक्त सैन्य अभ्यासको विरोध गर्दा आेलीलाई चिसो पसेको कुरा आेली निकट स्रोतले जनाएको छ ।

यता प्रचण्ड भारतबाट फर्के लगत्तै चीन भ्रमणमा निस्कने छन् । यो दाैडधुपलाई सरकार गिराउने खेलका रुपमा नेपालका वुद्धिजीविहरुले अर्थ्याउन थालेका छन् ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार