काठमाडौं । बुधबारको प्रतिनिधि सभा बैठकमा सत्तारूढ दल नेकपाकै प्रभावशाली नेता भीम रावल सरकार र प्रधानमन्त्रीमाथि खनिए । प्रतिपक्षको तारो बनिरहेका प्रधानमन्त्री ओली आफ्नै दलका नेताबाट संसद बैठकमै यसरी प्रहारमा परेको यो विरलै घटना हो ।

भारतको नेतृत्वमा संयुक्त सैन्य अभ्यास गर्ने विमिस्टेकको निर्णयले देशलाई ठूलो क्षति हुने भन्दै रावलले सरकार र प्रधानमन्त्रीलाई सचेत रहन मात्रै सुझाव दिएनन्, चेतावनी शैलीमै त्यसो नगर्न आग्रह गरे । रावल बुधबार संसदमा आफ्नै सरकार र प्रधानमन्त्री माथि पाखुरा सुर्किन तम्सिएको दृश्य धेरैका लागि चकित पर्ने खालको थियो ।

स्वयं सत्ता पक्षकै सांसद त्यसमा पनि गृहमन्त्री समेत भैसकेका नेकपाका प्रभावशाली नेता भीम रावलले प्रधानमन्त्रीमाथि अवश्वाँस व्यक्त गरेपछि नेकपा पार्टी भित्रको भुसको आगो सतहमा आएको छ । आफ्नै दलको सरकार र प्रधानमन्त्री माथि मुठ्ठी कसरे यसरी खनिए रावल ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार