सिड्नी । अष्ट्रेलियाको सिड्नीमा कार्यरत एक नेपालीले वृद्धाश्रममा बस्दै आएका वृद्धमाथि अभद्र व्यवहार गर्दै कुटपिट गरेको भिडियो सार्वजनिक भएको छ । बुपा एज्ड केयर सिफोर्डमा बस्ने ८२ वर्षे वृद्धालाई अमानविय व्यवहार गर्दै कुटपिट गर्ने नेपालीको नाम प्रकाश पौडेल हो । ३५ वर्षे प्रकाश पौडेल लामो समयदेखि सिड्नीमा वस्दैं आइरहेका छन ।

बुपा एज्ड केयर सिफोर्डमा बस्ने ८२ वर्षे वृद्धालाई जुत्तैजुत्ताले हानेर उनको टिसर्ट जबर्जस्ती च्यातेको दृश्यका कारण अहिले अन्तराष्ट्रिय रुपमा नेपालको इज्जतमाथि दाग लागेको ब्याख्या हुन थालेको छ । ती वृद्धले आश्रममा आफुमाथि दुर्व्यवहार गर्ने गरेको जनाए पछि उनको कोठामा क्यामेरा जडान गरिएको थियो ।

वृद्धको कुरा सत्य सावित भए पछि परिवारले भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरेको जनाएको छ । पीडितकी छोरी आइडा सिलिनले आफ्ना बुवामाथिको दुर्व्यवहारको घटनाले आफू विक्षिप्त भएको प्रतिक्रिया दिइन । अहिले प्रकाश पौडेल प्रहरी नियन्त्रणमा रहेका छन, घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । एजेन्सीको सहयोगमा

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार