काठमाडौं । आज प्रधानसेनापति पूर्णचन्द्र थापाले राष्ट्रपति समक्ष पद तथा गोपनियताको सपथ लिएका छन्। आइतबार राष्ट्रपति कार्यालयमा आयोजित कार्यक्रममा र राष्ट्रपति तथा नेपाली सेनाका परमाधिपति विद्यादेवी भण्डारीले थापालाई सपथ र दज्र्यानी चिन्ह प्रदान गरेकी हुन। थापाले साउन २४ देखिकामु प्रधानसेनापतिका रूपमा नेपाली सेनाको नेतृत्व सम्हालेका थिए।प्रधानसेनापति राजेन्द्र क्षेत्रीको कार्यकाल भदौ २४ मा सकिएपछि थापाले प्रधानसेनापतिको जिम्मेवारी पाएका हुन । थापा वरियताका आधारमा नेपाली सेनाको प्रधानसेनापतिमा सिफारीस भएका हुन। नेपाली सेनामा उनको करियर ग्राफ र ट्रयाक रेकर्ड अत्यन्तै कूशल सैनिक अधिकृतका रुपमा रहेको बताइएको छ । उनी भावी प्रधानसेनापतिको दौडमा सम्भावित एक्ला दाबेदारजस्तै रहेका थिँए । कामु प्रधानसेनापति थापा सैनिक करियरमा जति अब्बल र कूशल छन भने , वास्तविक जीवनमा उत्तिकै सरल, मिजासिलो र तार्किक भएको मानिन्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार