नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमण सकिएर फर्किए लगत्तै इलाममा रहेकाे पूर्व नेकपा माओवादी केन्द्र पार्टी कार्यालय नजिकै बम फेला परेको छ। इलाम नगरपालिका – ७ नारायणस्थान नजिकै रहेका तत्कालीन नेकपा माओवादी केन्द्रकाे पार्टी कार्यालयकाे अाडैमा बम फेला परेको हो ।

पार्टी कार्यालयमा पुरानो दुईवटा सकेट बम र एउटा सुतली बम भेटिएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।

बम भेटिएको स्थानमा प्रहरीले सुरक्षा दिइरहेको र निष्क्रिय गर्ने काम भइरहेको बताइएको छ । गस्ती गर्ने क्रममा शङ्कास्पद वस्तु देखिएपछि जाँच गर्दा बम भएको पुष्टि भएको हो।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार