काठमाडौं । कालिकोटमा एक गाउँ गाउँपालिका दुर्इ वटा वडाध्यक्षले राजीनामा दिएका छन्। नरहरीनाथ गाउँपालिकाका अध्यक्षकाे गलत रवैयाका कारण ६ र ७ का वडा अध्यक्षले राजीनामा दिएका हुन्। गाउँपालिका ६ का तुलराज विक र ७ का वडा अध्यक्ष दलबहादुर विकले राजीनामा दिएका हुन्। ती दुर्इ वडाध्यक्ष २०७४ साल वैशाख ३१ गते भएको स्थानीय तह निर्वाचनमा निर्वाचित भएका थिए।
राजीनामा दिएका दुवै अध्यक्षले एकै स्वरमा भने,’आफूहरु लामो समयदेखि गाउँकार्यपालिकाको सदस्य भएर काम गरिरहेको भएपनि गाउँपालिका अध्यक्ष धीरबहादुर बिष्टले गाउँपालिकालाई आफ्ना आसेपासेलाई भर्ती केन्द्र बनाएपछि वडा अध्यक्ष भएर बस्न नसक्ने भन्दै राजीनामा दिएकाे हाैँ।’
नरहरीनाथ गाउँपालिका ७ अध्यक्ष दलबहादुर विकले आफू गाउँपालिकाको दास भएर बस्न नसक्ने भएकाले राजीनामा दिएको बताए। कार्यपालिका सदस्यले भनेको नमानी एकलौटी गर्दै गाउँपालिका अध्यक्षले गाउँपालिका चलाएपछि आफूले बाध्य भएर राजीनामा दिएको उनको भनाइ छ।
त्यसैगरी नरहरीनाथ गाउँपालिका ६ का अध्यक्ष तुलराज विकले गाउँपालिका अध्यक्ष बिष्टले एकलाैटी रुपमा आफ्नो मनोमानी गर्न थालेपछि राजीनामा दिएको बताए।
विकले भने, ‘कर्मचारीले जे भन्या त्यही मान्ने गरे, आफैं कानुन बनाउन नसक्ने अरुले दिएको सुझावलाई नमान्ने गरेकाले राजीनामा दिएको हुँ।’
ती द्धय वडाध्यक्षले गाउँपालिकाले कम्प्युटर अपरेटरको परीक्षामा घोटाला गरेको आरोप समेत लगाए।
यता गाउँपालिका अध्यक्ष विष्टले राजीनामा- पत्र मेराे हातमा नपरेकाे बताए । उनले भने,‘म गाउँमा छु। जिल्ला सदरमुकाममा रहेको सम्पर्क कार्यालयमा राजीनामा दिएको कुरा सुनियो’, उनले भने, ‘राजीनामा कसलाई दिए त्यो मलाई थाहा छैन।’
गाउँपालिका अध्यक्ष विष्ट पूर्व एमालेका कार्यकर्ता हुन्। स्राेतका अनुसार संघीय सरकारका केपी अाेली दुर्इ तिहाइकाे दम्भमा परी गरिरहेका छन् यता स्थानीय स्तरमा उनका
कारिन्दा मन परी गरिरहेका छन्। नरहरीनाथ गाउँपालिकाले पाँचजना कम्प्युटर अपरेटरका लागि आह्वान गरेको विज्ञापनमा ३० जनाले फारम भरेका थिए।







