काठमाडौं । सुर्खेतमा पूर्वएमाले र माओवादी केन्द्र छोडेर नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेपछि केपी अाेली र प्रचण्ड नेतृत्वकाे काे नेकपामा खैलाबैला मच्चिएकाे छ। नेकपाले संचालन गरेको चार महिने अभियान कै क्रममा सुर्खेतमा २३ जना ‘विप्लव’ नेतृत्वको नेकपामा प्रवेश गरेका छन्।

अाेली -प्रचण्ड नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीको एकता प्रक्रिया जिल्लास्तर सम्म पुगेसँगै नेताहरुबीचकाे असन्तुष्टी पनि सडकमै पुगेको छ । जिल्ला नेतृत्वको लागि गरिएको सिफारिस र जिल्लाको सांगठानिक संरचनाबारे पूर्वएमाले र माकेका जिल्लास्तरिय नेताहरु असन्तुष्ट बनेका छन् ।

साेही कुराकाे भरपुर फाइदा विपल्वले उठाइरहेकाे छ। एकताले आफूहरुको नैतिकता र राजनीतिक इमान्दारितामाथि प्रश्न उठाएको भन्दै दुई दर्जन नेताहरुले पार्टी परित्याग गरेका छन् । जिल्लामा जारी नेकपाको ‘संगठन सुदृढीकरण तथा विस्तार अभियान’ को क्रममा उनीहरुले प्रवेश गरेका हुन् ।

भदौ १ गतेबाट सुरु भएको अभियानको एक नम्बर कमाण्डको आयोजना गरेको कार्यक्रममा पूर्व एमाले र माकेका स्थानीय २३ नेता पार्टीमा प्रवेश गरेको अभियान टीम इन्चार्ज यमराजले जानकारी दिए ।

‘विप्लव’ नेतृत्वको नेकपा स्रोतका अनुसार हाम्रा पवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई सर्वोच्च अदालतले रिहाई गर्न पटक पटक अादेश दिएपनि उनलार्इ विना कारण पक्राउ गरिरहेकाेले त्यस विरुद्ध कडा रुपमा प्रस्तुत हुन संगठन विस्तारका क्रममा लागेका छाै ।

अदालतले रिहा गर्न अादेश दिएपनि प्रकाण्डलार्इ गृहमन्त्री राम बहादुर थापाकाे ठाँडाे अादेशमा बनावटी मुद्दाकाे अभियाेगमा पक्राउ गर्ने क्रम जारी रहेकाे प्रकाण्डका तर्फबाट बहस गर्ने अधिवक्ताहरुले बताएका छन्। nepalpana बाट

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार