काठमाडाैं । सचिवालय र स्थायी कमिटी बैठकमा नेपाल कम्युनिष्ट पार्टीभित्र मन्त्रीमण्डल हेरफेरको विषयमा विवाद देखिएको छ । नेकपाका दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रीमण्डलमा हेरफेरको संकेत गरेको चार दिनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसको खण्डन गरेका छन् ।
भारत भ्रमण जानुअघि प्रचण्डले भनेका थिए की सरकारको समीक्षा, पछिल्लो परिस्थितिको समीक्षा सुरु भएको छ । जनताले व्यक्त गरेको फ्रस्टेसन र मिडियामार्फत आएको आलोचनाका विषयमा हामी दुई अध्यक्षका बीचमा छलफल भइरहेको छ । पार्टी एकताका सुरुवाती २–३ महिना खासै छलफल भएको थिएन । तर, पछिल्लो चरणमा हामीले छलफल गर्ने गरेका छौँ,’ अहिले सरकारका काम, मन्त्रीका कामका विषयमा बलियो कदम चाल्नुपर्छ, त्यो यता उताको नभनिकन जो मन्त्री भए पनि कदम चाल्नुपर्छ भन्ने निष्कर्षमा हामी पुगेका छौँ । अब जनतालाई निराश हुन दिनुहुँदैन ।’
भदौ १९ गते प्रचण्डले आफ्नै निवासमा पत्रकारहरुसँगको कुराकानीमा जनतालाई निराश नगराउने गरी मन्त्रीमण्डल हेरफेर हुने बताएका थिए । साथै मिडिया रिपोर्टमा गृहमन्त्री बादलमाथि आलोचना बढेपछि उनको पनि जिम्मेवारी हेरफेर हुन सक्ने बताइएको थियो ।
तर भदौ २३ गते प्रधानमन्त्री ओलीले वर्तमान मन्त्रीमण्डल तत्काल हेरफेर हुने कुनै सम्भावना नरहेको बताएका थिए । उनले ‘सरकारलाई अस्थिर बनाउन चाहनेले मन्त्रीहरू हेरफेर हुने हल्ला चलाएका हुन भनी दावी गरेका थिए। जसले प्रचण्ड बोली झुठो सावित हुन पुगेको छ।
स्रोतका अनुसार प्रम ओलीले प्रचण्ड भारत भ्रमणमै रहेका बेला फोन गरेर आफ्नो अभिब्यक्ति सच्याउन आग्रह गरेका थिए। सोही आग्रह अनुसार प्रचण्ड विमानस्थलमा ओर्लिदै संचारकर्मीसँग कुरा गर्दै आफैले बोलेको बोली विना आधारको तर्क पूर्ण कुरा गरी परिवर्तन गरेका छन्।
मन्त्री फेरबदलको चर्चा चलिरहेको प्रसङ्गमा प्रचण्डले भने ‘प्रधानमन्त्रीज्यूले जे भन्नु भएको छ त्यहीँ अधिकारिक हो’, उनले भने, ‘मैले फरक प्रसङ्गमा गल्ती गर्दा चाहिँ मन्त्रीलाई कारबाही हुन्छ भनेको थिए ।’ यसले पूर्व माओवादीका नेताहरुमा ओलीवादिको हविले गण जमाउन लागेको भनेर आलोचना भइरहेको छ।
यसरी प्रचण्डले आफैले बोलेको बोली विना आधारको तर्क पूर्ण कुरा राखी परिवर्तन गरेका हुन्।स्रोतका अनुसार आेलीले गृहमन्त्री बादल र उद्योग मन्त्री मातृका प्रशाद यादवसंग भित्रभित्रै खेल्न सुरु गरेपछि त्रसित भएका प्रचण्डले राजनीतिक कोर्ष मिलाउन यस्तो बोलेको समेत जनाइएको छ ।







