काठमाडौं । अहिलेका जमानामा पनि जादूटुनाको अन्धविश्वासमा परेर कसैले ज्यान नै गुमाउँछ भने त्यसलाई के भन्ने । भएको छ त्यस्तै ।

घटना हो नेपालसंग सीमा जोडिएको भारतको विहार राज्यको । विहारको सासाराम जिल्लामा शनिबार चार जनाले मिलेर एक महिलालाई जादू–टुनाको शंकामा पिटिपिटि मारेका हुन् ।

प्रहरीले चार जनामध्ये तीन जनालाई पक्राउ गरेको छ । उनीहरुलाई अदालतमा पठाउने आदेश भइसकेको छ । यसअघि विहारकै बेगुसराय जिल्लामा तीन जनाको पिटिपिटि हत्या गरिएको थियो । हाम्राकुरा बाट

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार