सामाजिक संजालमा अनेकौ अनौठो फण्डा आइनैरहन्छ । अहिले चाडैनै कुनै पनि कुरा भाईरल हुनेगर्दछ । यस्तैमा सामाजिक संजालले गर्दा अहिले चाडै थाइल्याण्डमा घटेको यस घटना अहिले इन्टरनेट मार्फत विश्वभर फैलिएको छ।

भैंसीले जन्माएको बच्चा मानव शरिरको बनावट जस्तै देखिने कारणले गर्दा मानिसहरु चकित परेका थिए। झट्ट हेर्दा भैसीको बच्चा भन्दा पनि मानव बच्चा भन्न सकिने उक्त दृश्यले धेरैलाई सोच्न बाध्य बनाएको थियो। भैंसीले मानव अनुहारसँग मिल्ने बच्चा जन्माएको खबर पाएपछि भैंसी र बच्चा हेर्नको लागि टाढाटाढा देखि मानिसहरु आएका थिए।

जन्म भएको केहि घण्टा पछिनै उक्त बच्चाको मृत्यु पनि भयो। मृत्यु पश्चात मानिसहरुले उक्त बच्चालाई गाडेर अन्त्यस्टी गरेको बुझिएको छ। गाड्नु भन्दा अगाडी उक्त मृत शरीरलाई बेबी पाउडरले मालिस गरिएको थियो।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार