कृष्णप्रसाद अधिकारीको हत्यामा जिल्ला अदालत चितवनले सफाइ दिएपछि छविलाल पौडेल भोलि विहान छुट्ने भएका छन् ।
२४ असारमा सर्वोच्च अदालतमा आत्मसमर्पण गरेका उनी डिल्लीबजार कारागारमा छन् । आइतबार जिल्ला अदालत चितवनले १३ अभियुक्त मध्ये पौडेलसहित १२ जनालाई सफाइ दिएको थियो ।
अदालतले डिल्लीबजार कारगारलाई पत्र लेखेर अन्य ब्यहोराले थुनामा राख्न नपर्ने भए पौडेलले थुनामुक्त गर्न भनेको छ ।
स्रोतका अनुसार उनी भोलि विहान छुट्नेछन् । छविलाल जेलमुक्त हुँदा उनलाई स्वागत गर्न नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफैं जाने तय भएको छ । onlinekhabar बाट

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार