
बिमस्टेक फोरम सम्बद्ध मुलुकका सेनाबीच सोमबार (भदौ २५ गते) देखि भारतको पुणेमा सुरु हुने संयुक्त सैन्य अभ्यासमा नेपालसंगै थाइल्याण्ड र भुटान पनि सहभागी नहुने भएको छ ।
बिमस्टेकमा भारतको हालीमुहाली रहँदै आएकामा काठमाडौंमा हालै सम्पन्न चौथो शिखर सम्मेलनमा भारतमा संयुक्त सैन्य अभ्यास गर्ने निर्णय भएको थियो ।
भदौ ३१ सम्म आयोजना हुन लागेको संयुक्त सैन्य अभ्यासमा नेपालमा ब्यापक आलोचना हुन थालेपछि तत्कालीन अवस्थामा सहमति जनाएका प्रधानमन्त्री केपी शर्मा ओलीले सैन्य अभ्यासमा सहभागीता नजनाउने निर्णय गरेका थिए ।
अहिले थाइल्याण्ड र भुटान सरकारले पनि अब्जर्भर मात्रै पठाउने र अभ्यासमा आफू सहभागी नहुने निर्णय गरेको हो ।
यसले भने भारतलाई ठूलै झड्का लागेको छ । याे घट्नासँगै भारतले बिमेस्टकलार्इ अाफ्नाे पाेल्टामा पार्न खाेजेकाे मिसनमा ठूलाे असर पुर्याएकाे विश्लेषकहरूकाे टिप्पणी रहेकाे छ ।







