ललितपुर महानगरले दसैं अगावै सडक झिलिमिली पार्ने योजना सुरू गरेको छ । अत्याधुनिक सडक बत्तीको अवधारणासहित सडक झिलिमिली पार्न महानगर कस्सिएको हो।

उक्त योजनाअन्र्तगत ललितपुर र काठमाडौंको सिमाना कुपण्डोलदेखि लगनखेलसम्म ‘स्मार्ट स्टुइटी’ लाइट जडान गरिनेछ । यो बत्ती जडान गरेपछि सहर झिलिमिली मात्रै होइन, सुरक्षित पनि बन्नेछ । एक करोड ७० लाख लागतमा तीन सय ६० लाइटका पोल गाडिने छ । लाइट जडानको लागि टेण्डर अघि बढेको महानगरले जनाएको छ।

मेयर चिरीबाबु महर्जनले टेण्डर प्रक्रिया भइसकेकाले केही दिनमै लाइट जडान गर्ने कार्य अघि बढ्ने बताए । उनले सहरलाई निगरानी राख्न र सुरक्षित बनाउन यस्तो योजना ल्याएको जानकारी दिए।

ललितपुर र काठमाडौंको सिमाना कुपण्डोलदेखि लगनखेलसम्म ‘स्मार्ट स्टुइटी’ लाइट जडान गरिनेछ । यो बत्ती जडान गरेपछि सहर झिलिमिली मात्रै होइन, सुरक्षित पनि बन्नेछ। एक करोड ७० लाख लागतमा तीन सय ६० लाइटका पोल गाडिने छ।
‘यो हाम्रो नयाँ अभ्यास हो, यस्तो किसिमको लाइटले सहरलाई सुरक्षितको साथै ‘स्मार्ट सिटी’ भनेर चिनाउन मद्दत गर्नेछ,’ उनले भने, ‘सकेसम्म दसंै तिहारअगावै यो योजना फत्ते गर्ने किसिमले लागिपरेका छौं।’ नगरीक दैनिकमा खबर छ्

के हो ‘स्मार्ट स्टुइटी’ लाइट
यो लाइट ‘इम्वोस्ट नम्बर प्लेट’ जस्तै हुन्छ । यसले सवारीसाधनको नम्बर प्लेट ‘रिड’ गर्न सक्छ । यो लाइटले राति सहरलाई निगरानीमा राख्न मद्धत गर्छ । लाइट बलेको बेला कुनै पनि चोरी वा नकारात्मक क्रियाकलाप भयो भने लाइटकै भरमा त्यसलाई हेर्न सकिन्छ । यो लाइटमा सडक, सवारीसाधन र मानिस ओहोरदोहार गरेको रेकर्ड पनि रहन्छ । सडकमा भइरहेको हरेक गतिविधि सिसी क्यामेराले जस्तै लाइटले खिचिरहेको हुन्छ । यो लाइट ‘स्मार्ट’ हुने भएकाले अँध्यारो भएपछि मात्रै बल्छ । यसले मानिसको आवताजावत र सवारी आवागमनलाई खिँचिरहेको हुन्छ । मानिस र सवारीको आवागमन भइरहेको ठाउँ छ भने त्यहाँ लाइट चहकिलो बल्छ । मानिस र सवारी साधन उपस्थिति कम छ भने लाइट पनि मधुरो नै बलेको हुन्छ । ‘मानिसको चलहपहल बढी हुँदा बत्ती चहकिलो बल्छ, नत्र मधुरो बल्छ, यो लाइट विकसित मुलुकहरूमा धेरै नै प्रयोग भएको छ, नेपालमा भने यस्तो किसिमको लाइट खासै प्रयोग भएको छैन,’ मेयर महर्जनले भने, ‘यो लाइट जडान भएपछि सहर अझ सुरक्षित हुनेछ, मानिसहरू रातिमा पनि ढुक्कले ओहोर–दोहोर गर्न सक्नेछन्।’

उनका अनुसार यो बत्ती विदेशी कम्पनीसँगको साझेदारीमा जडान गर्न लागिएको हो । यसले कुनै क्राइम वा कुनै अपराध भयो भने पत्ता लगाउन पनि सहायता गर्छ । बत्ती जडान गर्न ठाउँ–ठाउँमा चिन्ह लगाउने कार्य पनि भइसकेको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार