सुर्खेत । नेपाली नारीहरुको महान पर्व तीज नजिक आउँदैंछ । यस अवसरका महिलाहरुले तीज पर्व सुरु हुनुपुर्व सबैंजना मिलेर दर खाने गर्छन । अहिले तीजमा दर खाएर बिरामी हुनेहरुको संख्या बढ्दो रहेको छ । खराब खानपान र अव्यवस्थीत पाचनप्रणालिका अनुसार महिलाहरुमा फुड प्वाजन देखिएको जनाइएको छ । तीजको दर खाँदा आइतबार बेलुका सुर्खेतमा नौ जना बिरामी परेका छन् । वीरेन्द्रनगर नगरपालिका–२ दौलतपुर सुर्खेत निवासी डिलमाया सुनारको घरमा दर खान बोलाइएको थियो । दर खान आएका उनका नौ जना आफन्त बिरामी परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता श्यामसिंह चौधरीले जानकारी दिए । प्रवक्ता चौधरीका अनुसार बिरामी पर्नेमा ३० वर्षीय प्रदीप सुनार, ११ वर्षीय मिलन सुनार, नौ वर्षीय आशीष सुनार, २७ वर्षीय पदम सुनार, ३० वर्षीया चन्दा सुनार, ४५ वर्षीया चन्द्रकला सुनार, ४९ वर्षीय नरबहादुर सुनार, २० वर्षीया रीता सुनार र नौ वर्षीय अमित सुनार रहेका छन् ।
बिरामी सबैको उपचारको लागि मध्यपश्चिम क्षेत्रीय अस्पताल सुर्खेतमा लगिएको उहाँले जनाउनुभयो । टाउको दुख्ने, वान्ता हुने, रिङ्गटा चल्ने समस्या भएको र त्यो अवस्था अहिलेसम्म सुधारमा नआएको बिरामीका आफन्त पूजा सुनारले जानकारी दिइन । क्षेत्रीय अस्पतालका डा नमोबुद्ध शाक्यले फुड प्वाइजनका कारण यो समस्या आएको जानकारी दिए । डाक्टरका अनुसार यस्तो चाडबाडको समयमा खानपानमा ख्याल नगर्दा पछिका दिनमा समस्या हुन सक्ने भन्दैं सावधानि अपनाउँन सबैंलाई अनुरोध गरेका छन । अघिपछि खानपानमा ख्याल नगर्ने र अहिले एकैंपटक धेरैं खाने भएको हुनाले यस्तो पाचनसम्बन्धी समस्या देखिने डाक्टरहरुले जानकारी दिएका छन । बिरामी सबैको उपचार भइरहेको छ, आउँदो बुधवार तीज पर्व मनाइदैंछ ।







