पाकिस्तान । बेल्ट र रोड पहल अन्तर्गत चिनीयाँ विदेशीमन्त्री वांग यीले चीनले पाकिस्तानमा ऋण थुपारेको कुरा गलत्त भएको जनाएका छन । विदेशमन्त्री यीले पाकिस्तान को तीन दिन को यात्रा को समयमा यो कुरा जानकारी गराएका हुन । पाकिस्तानमा नयाँ सरकार गठन भएपछि, यो दुई देशबीचको पहिलो उच्च स्तरको कुरा हो। चीनले यस परियोजनाको लागि पाकिस्तानलाई ५७ अरब डलरको ऋण दिने भएको छ । पाकिस्तान मा हालको आर्थिक संकट को बारेमा पनि विदेशमन्त्रीले पाकिस्तानी अधिकारीहरुसँग छलफल गरेका छन । उनले चीन पाकिस्तानको नजिकको छिमेकी भएको हुनाले हरेक संकटमा आफ्नो सरकारले पाकिस्तानलाई सहयोग गर्ने बताएका छन ।

इस्लामाबादमा वांगले पाकिस्तानी विदेशी मन्त्री शाह महमूद कुरैशी संग एक संयुक्त प्रेस सम्मेलनमा बेल्ट र रोड पहल को भाग पाकिस्तान, चीन र भारतको आर्थिक वृद्धिमा दुई प्रतिशत वृद्धि भएको बताए। यसले लगभग ७० हजार मान्छेहरुले रोजगार पाउने उनले जानकारी दिए । यी परियोजनाहरूको पूरा भएपछि, दुवै देशको अर्थव्यवस्थालाई फाइदा हुने देखिएको छ । वाङले भने, पाकिस्तानलाई दिईएको ४७ प्रतिशतले अन्तर्राष्ट्रिय मुद्रा कोष र एशियाई विकास बैंकबाट आएको छ। पाकिस्तान विदेशी मन्त्रीले चीन(पाकिस्तान आर्थिक गलियारे ९सीपीईसी०लाई नयाँ सरकारले उच्च प्राथमिकतामा राखेको बताए । पाकिस्तानमा अहिले आर्थिक संकट चुलिने देखिएको छ । यो बिचमा चीनीयाँ मन्त्रीको यो भ्रमणलाई उच्च प्राथमिकताको साथ हेरिएको छ । एजेन्सीको सहयोगमा

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार