काठमाडाैं । नयाँ शक्ति नेपालका संयोजक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले तत्कालीन माआेवादी केन्द्रलाई गैर कम्युनिष्टको आरोप लगाएका छन् ।

भट्टराईले आफ्नो पुरानो घरको बारेमा ट्विट गर्दै माकेले ४० प्रतिशत भाग पाएको भए कांग्रेससंग पार्टी एकता गर्ने रहेच भन्दै सहयोद्धा प्रचण्डलाई गम्भीर आरोप लगाएका हुन् ।

उनले ट्विटरमा ट्विट गर्दै य कस्तो मार्क्सवाद हो भन्दै चुनाव अघिको राष्ट्रवादको पारो भारत भ्रमणमा स्वाठ्ठै झरेको जनाएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डको हिन्दुस्तान टाइम्सको अन्तरवार्ता सेयर गर्दै भट्टराईले कुरिकुरि गरेका हुन् ।

हेर्नुहोस भट्टराईको ट्विटः

निकै रोचक अन्तर्वार्ता! ४०प्रतिशत सिट पाएको भए माकेको काँग्रेससंगै एकता हुने रहेछ! यसको निहितार्थ? पाए अन्त नपाए…जन्त! यो कस्तो मार्क्सवाद हो!चुनाव अगाडिको ‘राष्ट्रवाद’को पारो पनि स्वाठ्ठै झरेछ! धन्य होस्! https://t.co/3GQV7wGUJc

— Baburam Bhattarai (@brb1954) September 10, 2018

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार