काठमाडौं । काठमाडाैं कै कीर्तिपुरमा बालिका अपहरण गरेर बलात्कार गरेको अारोपमा एक जना युवक पक्राउ परेका छन् ।

चार दिनदेखि हराइरहेका दुई बालिका बन्धक बनाएर राखेको अवस्थामा प्रहरीले कीर्तिपुर–७, हनुमानघाट बस्ने २५ वर्षीय हेम खत्रीलाई पक्राउ गरेको छ ।

उनलाई महानगरीय प्रहरी वृत्त, कीर्तिपुरका डिएसपी अनिलकुमार खड्काको टोलीले आइतबार नियन्त्रणमा लिएको हो । त्यस्तै, पीडित बालिकाको उद्दार गरिएको छ ।

प्रहरीका अनुसार १४ र १३ वर्षका ती दुई बालिकालाई बन्धक बनाएर बलात्कार गरेको प्रहरीले जनाएको छ ।

दुवै जनालाई स्वास्थ्य परीक्षणका लागि प्रसुति गृह पठाइएको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार