काठमाडौं, २५ भदौ । साफ च्याम्पियनसिप फुटबलमा नेपालले बंगलादेशलाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ । राजधानी ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालामा आज शनिबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले बंगलादेशलाई २–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।

अब जारी साफ च्याम्पियनसिपको सेमिफाइनलमा बुधबार नेपालले माल्दिभ्ससँग खेल्ने भएको छ ।गोलाप्रथाद्वारा माल्दिभ्स समूह ‘बी’को उपविजेता बनेपछि नेपालको भिडन्त माल्दिभ्ससँग हुने भएको हो । समूह ‘ए’बाट नेपाल समूह विजेता बन्दै सेमिफाइलन प्रवेश गरेको हो ।

त्यसैगरी भारत समूह ‘बि’ को विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ । भारतले समूह ‘ए’को उपविजेता पाकिस्तानसँग खेल्नेछ ।

समूह ‘बी’ मा रहेका माल्दिभ्स र श्रीलङ्काले एक खेलमा पराजय र एकमा बराबरी खेलेपछि गोलाप्रथाद्वारा समूह उपविजेता छानिएको थियो । अब नेपालले फाइनल प्रवेशका लागि माल्दिभ्ससँग आगामी बुधबार ३ः४५ बजे ढाकास्थित बङ्गबन्धु रङ्गशालामा प्रतिपर्धा गर्नेछ । दोस्रो सेमिफाइनलमा सोही दिन साँझ ७।४५ बजे भारत पाकिस्तानसँग खेल्नेछ ।

यसै सन्दर्भमा नेपालले साफ च्याम्पियनसिप जित्ने फुटबल विश्लेषक सञ्जीव मिश्रले बताएका छन् । विश्लेशक मिश्रले न्युज २४ टेलिभिजनको नियमित प्रस्तुती ६ प्रश्नमा कुराकानी गर्दै नेपालले जित्ने बताएका हुन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार