
सत्ताधारी नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच अहिले सम्बन्धमा दरार उत्पन्न भएको विशेष स्राेतले बताएकाे छ ।
प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले अर्का दाेस्रा अध्यक्ष प्रचण्डको ‘मन्त्रीहरु हेरफेर’ गरिने भनेर बोलेको सार्वजनिक अभिव्यक्तिलाई खण्डन गरेपछि अहिले यी दुई अध्यक्षबीच तनाब उत्पन्न भएको बताइएकाे छ ।
भारत उड्नुअघि अध्यक्ष प्रचण्डले मन्त्रीमण्डल हेरफेर गर्नुपर्छ भनेर आफ्नो निजी निवासमा पत्रकारहरुसँग कुरा गर्दा नेकपाभित्र र मन्त्रीहरुबीच तनाब उत्पन्न भएको थियो ।
प्रचण्ड भारत भ्रमणमै रहेका बेला प्रधानमन्त्री ओलीले प्रचण्डको भनाईलाई काउन्टर गरेर त्याे नहुने जबाफ दिएका थिए ।
‘अहिले कोहीपनि मन्त्रीहरु हेरफेर हुँदैनन् । सबै मन्त्रीहरुले राम्रो काम गरेका छन् ।’ अाेलीले प्रचण्डकाे मन्त्री फेरबदल हुने जबाफलार्इ काउन्टर दिदै यस्ताे जबाफ दिएका थिए ।
विशेष स्राेतका अनुसार प्रचण्डकाे पछिल्लाे भारत भ्रमणपछि अालाेपालाे प्रधानमन्त्री हुने पूर्व घाेषित सहमति भएकाे भन्दै प्रचण्डले त्याे प्रसंग उप्काएपछि अाेली फायर भएका छन् ।
अालाेपालाे विवादले सत्ताधारी नेकपाकाे भविष्य के हाेला भनेर सवत्र प्रश्न उठ्न थालेकाे छ ।







