सरकारले विप्लव नेतृत्वकाे नेकपालाई वार्ताका लागि औपचारिकरुपले आह्वान गरेको छ । अाज पत्रकार सम्मेलन गरेर सरकारी वार्ता टाेलीका संयाेजक साेमप्रसाद पाण्डेले यस्ताे जानकारी दिएका हुन् ।

तस्बीर अनलाइनखबरबाट ।
तर याे वार्ता टाेलीलार्इ कतिसम्म अधिकार दिएकाे छ भन्ने कुरा अाजकै पत्रकार सम्मेलनबाट पर्दाफास भएकाे छ । सरकारले एकातिर वार्ता टोली गठन गरेकाे छ भने अर्काेतिर दमन र धरपकडलार्इ जारी राखेकाे पनि छ।
विप्लव नेकपाका शीर्ष नेतादेखि थुप्रै नेता कार्यकर्ताहरू गिरफ्तार परिरहेका छन् तर यसबारे सरकारी वार्ता टाेली बेखबर भएकाे देखियाे । सरकारी वार्ता टाेलीका संयाेजक पाण्डले नेकपाका प्रवक्ता प्रकाण्ड गिरफ्तार भएकाेबारे अाफुलार्इ जानकारी नभएकाे बताए ।
एकातिर सरकारले विप्लव समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई अदालतले छाड्ने आदेश दिँदा पनि पटक-पटक पक्राउ गरिरहेको छ । अर्कोतिर, गिरफ्तारीकै वीचमा विप्लव नेतृत्वको नेकपालाई सोमबार वार्तामा आउन औपचारिक आग्रह गरिएको छ ।
सर्वोच्च अदालतको आदेशपछि पटक-पटक पक्राउ परेका विप्लव नेकपाका प्रवक्ता प्रकाण्डको विषयमा आफूहरूसँग सहमति वा कुनै सल्लाह नभएको उनले बताए ।
‘प्रकाण्डजी यो वार्ताटोली गठन हुनुभन्दा पहिला नै पक्राउ परिसक्नुभएको थियो’ संयोजक पाण्डे भन्छन्, ‘यो गृह मन्त्रालयको नियमित प्रक्रियाअन्तगत भइरहेको छ ।’
वार्ता अगाडि बढेपछि मात्रै प्रकाण्ड लगायत पक्राउ परेका त्यो समूहका नेताहरूको विषयमा छलफल हुने जानकारी दिँदै पाण्डेय भन्छन्, ‘वार्ता भन्दै दमन गर्ने उद्देश्य छैन, वार्ताबाटै समाधान खोज्न टोली गठन भएको हो ।’







