
बीबीसी हिन्दी । भीमा–कोरेगावं मामलामा महाराष्ट्र प्रान्तीय प्रहरीले पाँच सामाजिक कार्यकर्ताहरुलाई पक्राउ गरेको छ । बिहिबार सर्वोच्च अदालतमा भएको सुनुवाईमा यी पाँच कार्यकर्ताहरुलाई १२ सेप्टेम्बरसम्म तिनका आ–आफ्नो घरमा नजरबन्द रहन आदेश दिइएको छ ।
पक्राउ परेका सामाजिक कार्यकर्ताहरुमा वामपन्थी विचारक र कवि वरवर राव, वकिल सुधा भारद्वाज, मानव अधिकार कार्यकर्ता अरुण फरेरा, गौतम नवलखा र वरनाँन गोञ्जाल्विस छन् ।महाराष्ट्र प्रहरीले यी अभियन्ताहरुमाथि माओवादी विचारधारा बोकेका प्रतिबन्धित संगठनहरुसँग सम्बन्ध राखेको आरोप लगाएको छ । साथै उनीहरुमाथि अराजकता फैलाउने कोशिस गरिरहेका थिए भन्ने आरोप पनि छ ।
यी सामाजिक कार्यकर्ताहरुमा वरिष्ठ वकिल सुधा भारद्वाज पनि सामेल छिन् । केही दिन पहिले सुधा भारद्वाजले एक पत्र सार्वजनिक गर्दै एक प्रहरीको तर्फबाट लगाएको तमाम आरोपहरु निराधार भएकाे बताएकी थिइन् । अहिले सुधा भारद्वजकी छोरी माइशा नेहराले एक चिठ्ठी सार्वजनिक गरेकी छिन् जुन मार्फत उनले आफ्नी आमाको सम्झना गरेकी छिन् । यस्तो छ उनले आफ्नी आमालाई लेखेको चिठ्ठी :
विहानको सात बजेको थियो । मम्माले मलाई उठाउनुभयो ।
‘घरमा ‘सर्च गर्न’ मान्छे आएका छन् उठ’ भन्नुभयो ।
त्यसपछि जे भयो त्यो सब बाहिर आइसकेको छ । सबै मम्मीको बारेमा लेखिरहेका छन् ।
मैले पनि सोचे म पनि लेखुँ (हाहा)…

मेरो र मम्मीको सोच पहिलेदेखि केही फरक रहेको छ । मेरो सोच शायद मम्मीको सँग मिल्दैन ।
यो बारेमा हाम्रो बहस पनि भएको छ ।
म सधँं मम्मीलाई भन्थे, “मम्मी हामी यस्तो एकदम समान्य जीवन किन बाचिरहेका छौँ, हामी किन राम्रोसँग रहदैनौं ?”
मम्मीले मसँग आफूलाई गरीबहरुको बीचमा रहन राम्रो लाग्ने बताइन् । र, म ठूली भएपछि आफूलाई मन लागे जसरी रहन भनिन् ।
तर, पनि मलाई नराम्रो लाग्थ्यो । म वहाँलाई तपाईंले धेरै वर्ष अरुको लागि समय दिनु भइसक्यो, अब आफ्नो लागि पनि समय दिनुस् र राम्रोसँग बस्नुस् भन्थेँ ।
मेरो असन्तुष्टि यो पनि थियो कि मम्मीले अर्कालाई समय दिदाँ मलाई समय दिनै पाउनुभएन । वहाँको धेरैजसो समय अरु मानिसहरुको लागि हुन्थ्यो, मेरो लागि होइन ।
बाल्यकालमा युनियनको एक अङ्कलको परिवारसँग राखिदिनुभएको थियो । उनका बच्चा थिए र उनी उनीहरुसँगै बस्थे ।
मलाई भने मम्मीको याद आउँथ्यो र म मम्मीको साडी समातेर रुन्थें । मलाई एउटा घटना आज पनि याद छ, एक दिन म बिमारी थिएँ र अन्टीले मेरो नजिक आएर मेरो टाउकोमा हात राखिरहेकी रहिछन् ।
मैले मम्मी होलिन् भनेर सोचेँ । अचानक मैले ‘मम्मी’ भनेर आखाँ खोल्दा अन्टी थिइन् ।
बाल्यकालमा मम्मीसँग निक्कै कम समयमात्र बिताएँ ।
छैटौँ क्लासमा पुगेपछि मात्रै म मम्मीसँग राम्रोसँग बस्न थालेको हुँ, शायद यही कारण हामी एक अर्कोलाई आज पनि कम बुझ्छौँ ।
मैले उनलाई पुरा दिन काम गरेको देखेको छु, त्यो पनि आफ्नो ख्याल नराखी, नखाई, नसुती र नसुती अरुको लागि लडेको देखेकी छु ।

मम्मीले आफ्नो ख्याल नराख्दा मलाई नराम्रो लाग्थ्यो । मुद्दाहरु आउँदा मम्मी निक्कै ‘अपसेट’ हुन्थिन् ।
म मम्मीको त यो पेसा हो तर उनी किन यसका लागि यति धेरै अपसेट हुन्छिन् भनेर सोच्थें ।
मैले उनीसँग यो कुरा भनेको पनि छु तर उनी भने हामीले सोचेनौँ भने कसले सोच्छ भन्थिन् ।
मैले समाचार सुनेको छु जसमा कोही यस्ता मानिसहरुले आदिवासीहरुको लागि काम गर्छ भनिरहेका थिए । भन्दै जाँदा यी सबै ढोङ्गी हुन्छन्, उनीहरुका बच्चाहरु भने अमेरिकामा गएर पढ्छन् भनियो ।
शायद उनीहरुलाई मेरो बारेमा थाहा छैन, मैले एक वस्तीको सरकारी स्कूलमा पढेँ, हिन्दी मिडियम स्कूलमा ।
म सधैँ मम्मीसँग झगडा गर्थें कि आफू भने इग्लिश मिडियम स्कुलमा पढ्ने अनि मलाई हिन्दीमा पढाउने भनेर । तर इंग्लिश बोल्नु र पढ्नु अलग कुरा हो । मैले आफ्नै मिहेनतले इंग्लिस सिके किनकी यसमा मेरो चाख थियो ।
हो, १२ मा पुगेर मैले नै मम्मीसँग जिद्दी गरेर एनआईओएसको इंग्लिश मिडियमबाट पढाई गरेँ किनकी मलाई रहर थियो ।
अहिले मम्मीलाई नक्सली भनिदैँछ, मलाई नराम्रो लाग्दैन । खाली यही सोच्छु कि मानिसहरु पागल भइसकेका छन् । मानिसहरुमा कसैको यथार्थ नजानी उनीहरुलाई मन लाग्यो त्यही भन्ने बानी परिसकेको छ ।
मलाई उनीहरुको कुराबाट, प्रहरीको कुराबाट कुनै फरक पर्दैन किनकी मैले जत्तिको राम्ररी मेरी आमालाई कसले पो चिनेको होला ।
यदी आदीवासीहरुको हकको लागि लड्नु, मजदूर–किसानहरुको लागि लड्नु, दमन र शोषणको विरुद्ध लड्नु र आफ्नो पूरा जिन्दगी उनीहरुको लागि दिनु, यस्तो काम गर्नेहरु नक्सली हुन् भने, नक्सली त निक्कै राम्रो हुँदा रहेछन् ।
जसले जे सुकै भनुन् म उनको छोरी हुनुमा गर्व गर्छु ।
मम्मी मलाई सधैँ भन्छिन्, ‘छोरी मैले पैसा होइन मानिसहरु कमाएको छु ।’ हो, उनी सही छिन् । मैले त्यो देखिरहेको छु ।
लभ यु मम,
माइशा !
याे भिडियाे हेर्न नभुल्नु हाेला –
https://youtu.be/SBpOGOkiQSs







