तस्विरमा जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका प्रशासकिय अधिकृत शंकर खनाल (टोपीवाला) हुन् । उनी दिउँसै मदिराले वेहोस बनेका थिए । वेहोसी तालमा उनले जुत्ता नै हराए । कार्यालय समयमा मापसे गरि बाटोमा ड्युटीमा रहेका एक ट्राफिक प्रहरी जवानको जागिर खाइदिने धम्की दिएर उनी भर्खरै लु१ख ७२९१ नम्बरको बसमा चढेर सन्धिखर्कतर्फ गएका छन् ।
उनलाई सहयोगीले थामेर बसमा चढाएका थिए । यतिसम्मको वेहोशी की उनले आफुले लगाएको जुत्ता नै हराए । एउटा खुट्टामा जुत्ता छ तर अर्को खुट्टामा मोजा मात्र लगाएका छन् ।










