
विप्लव नेतृत्वकाे नेकपाका स्थायी समिति सदस्य हेमन्तप्रकाश अाेली सुदर्शनले सरकारले बनाएकाे वार्ता टाेलीकाे अाैचित्य र अर्थ नभएकाे बताएका छन् ।
एकातिर अाफ्ना नेता कार्यकर्ता धमाधम पक्राउ गर्ने अर्काेतिर वार्ताकाे नाटक गरेर सरकारले षडयन्त्र गरिरहेकाे भन्दै नेता सुदर्शनले सरकार साँच्चिकै वार्ताप्रति गंभीर छ भने उसले गिरफ्तार सबै नेता कार्यकर्ता रिहा गर्नुपर्ने जिकिर गरेका छन् ।
स्मरणरहाेस् सरकारी वार्ता टाेलका संयाेजक साेम प्रसाद पाण्डेले विप्लव नेकपाका प्रवक्ता प्रकाण्डकाे गिरफ्तारीबारे अाफुलार्इ जानकारी नै नभएकाे बताएका थिए। यसले पनि सरकार वार्ताप्रति गंभीर नभएकाे भन्दै नेकपाले सरकारकाे वार्ता टाेली नै स्पष्ट नभएकाे बताएकाे छ ।
यसै विषयमा विप्लव नेतृत्वकाे नेकपाका स्थायी समिति सदस्य हेमन्तप्रकाश वली ‘सुदर्शन’सँग अन्नपूर्णका लागि रामकृष्ण अधिकारीले गरेको छोटो कुराकानीकाे सम्पादित अंश :
सरकारले वार्ताका लागि आह्वान गरेछ। यसलाई कसरी लिनु भएको छ ?
सरकारी वार्ता टोली नै प्रष्ट छैन। वार्ताकोसँग, किन गर्ने र कस्ता मान्छे रहने भन्ने कुरा प्रष्ट छैन। दोस्रो कुरा त हाम्रो पार्टी प्रवक्तादेखि पाँच पोलिटब्यूरो सदस्यसँगै देशभरका नेता कार्यकर्ता पक्राउ परेका छन्। एकातफ पक्राउ गर्ने र र अर्कातर्फ वार्ताको आह्वान नसुहाउने कुरा हो।
अहिलेको सरकार भनेको दलला पूँजीवादबाट फाँसिवादतर्फ गहिरहेको छ। यसले राष्ट्रघात, जनघात, महंगी, करको नाममा चर्कौ कर उठाउने काम गरेको छ। सैद्धान्तिक रुपमा वार्ताको विरोधी होइनौँ। तर दलाल र फाँसीवादी सरकार बाहिर वार्ताभन्ने र भित्र दमन गर्ने नियोजित योजनामा छ। त्यसकारण वार्ताका लागि वातावरण नै बनेको छैन।
वार्ता टोलीको औचित्य छैन भन्न खोज्नु भएको हो ?
हो यसको औचित्य छैन। एकातिर स्थायी समितिका सदस्यलाई विश्वमै कही नभएको एउटा जिल्लामा समातेर देशभरका जिल्लाजिल्ला दौडाउने अनि हतकडी लगाउने, घटना भइराखेका बेला कसरी वार्ता हुन्छ ? के अहिले युद्ध सुरु भएको छ र ? हामीले युद्धको घोषणा गरेका पनि छैनौ तर किन हामीमाथि दमन र धडपकड जारी छ ? किन जंगल जंगलमा छापा मारिँदै छ ? हामीले मान्छे नै मार्न चाहेको भए मार्न सक्थ्यौँ। शान्तिपूर्ण चुनावको विरोध गर्दैमा हामीमाथि किन यत्रो आक्रमण ? यिनै कारणबाट पनि यो वार्ताको औचित्य नभएको पुष्टि हुन्छ।
के भए वार्तामा बस्नुहुन्छ त ?
सरकारले साच्चै वार्ता गर्ने भए झुटा मुद्दा खारेज हुनुपर्छ। बन्दी रहेका साथी रिहा हुनुपर्छ। धडपकड र गिरफ्तारीप्रति सार्वजनिक रुपमै माफी माग्नुपर्छ। समग्र वातावरण बनाउँदै औपचारिक रुपमा स्पष्ट गरेर वार्ताटोली आयो भने सोच्न सक्छौँ। तर अहिले त्यो अवस्था छैन। अहिलेको अवस्थामा वार्ता हुनै सक्दैन।
याे भिडियाे हेर्न नभुल्नु हाेला ।
https://youtu.be/SBpOGOkiQSs







