नेपाल कम्युनिस्ट पार्टीका दुई पोलिटब्युरो सदस्य मोहनबहादुर कार्की ‘जीवन्त’ र कृष्णप्रसाद धमला ‘गम्भीर’लाई सर्वोच्च अदालत परिसरबाटै पुनः तेस्राेपटक गिरफ्तार गरिएको छ ।
बन्दी प्रत्यक्षीकरण रिटमाथि सोमबार भएको बहसपछि सुनुवाईमा न्यायाधिश तेजबहादुर केसी र केदारप्रसाद चालिसेको संयुक्त इजलासले रिहा गर्न आदेश दिएको थियो । तर रिहालगत्तै महानगरीय काठमाडौँ प्रहरी परिसर टेकुबाट आएको टोलीले साँझ ७ बजे सर्वोच्च अदालत परिसरबाटै गिरफ्तार गरेको हो ।
नेताद्वयलाई काठमाडौँ प्रहरीले सोमबारै दाङ प्रहरीलाई जिम्मा लगाउने तयारी भएको स्रोतको दाबि छ । कार्की र धमलामाथि नुवाकोट प्रहरीले लगाएको आगजनीको अभियोग प्रमाणित हुन नसकेको ठहर गर्दै रिहा मुख्य रजिष्ट्रारको रोहवरमा छाड्न आदेश दिएको थियो । उनीहरुलाई अदालतपरिसरबाटै गिरफ्तार गरेको यो दोस्रोपटक हो ।
यसअघि नेताद्वयलाई काभ्रे प्रहरीले क्रसर उद्योगमा ‘आगो लगाएर संगठित अपराध’ अभियोगमा थुनामा राख्दै आएको थियो । तर सो अभियोगलाई पनि सर्वोच्चले अप्रमाणित ठहर गर्दै भदौ १८ गते थुनामुक्त गरिदिन आदेश दिएको थियो । त्यो बेला पनि रिहालगत्तै परिसरबाट गिरफ्तार गरी नुवाकोट पुर्याइएको थियो ।
नुवाकोट प्रहरीले गैरकानूनी रुपमा थुनामा राखेको भन्दै थुनामुक्त गर्न माग राखेर धमला पुत्र चेतन शर्माले दोस्रोपटक बन्दी प्रत्यक्षीकरण रिट दर्ता गरेका थिए ।
भिडियाे –
याे भिडियाे पनि हेर्न नभुल्नु हाेला –
https://youtu.be/SBpOGOkiQSs







