विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई सर्वाेच्च अदालतले काठमाडौं ल्याउन प्रहरीलार्इ अादेश दिएकाे छ।

प्रकाण्डको गिरफ्तारीविरूद्ध उनका भाइले आइतबार सर्वोच्चमा दायर गरेको बन्दी प्रत्यक्षीकरण सम्बन्धीे रिटको सुनुवाइ गर्दै ४८ घण्टाभित्र प्रहरीलार्इ सर्वोच्चमा उपस्थित गराउन सोमबार अन्तरिम आदेश जारी भएको थियो।

सर्वोच्चका न्यायाधीश डा. आनन्दमोहन भट्टराईको इजलासले अन्तरिम आदेश जारी गरेको हुँदा प्रकाण्डलाई काठमाडौं ल्याउन यस्ताे अादेश जारी गरिएकाे हाे ।

गत साउन २२ गते प्रकाण्डलाई चन्दा उठाएको अभियोगमा काठमाडौंमै पक्राउ गरिएको थियो। त्यसपछि उनलाई निराधार अाराेपमा बम बिस्फोट, आगजनी र कर्तव्य ज्यान मुद्दा लगाउँदै देशका विभन्न जिल्लाहरूमा घुमाउँदै आएको छ।

पक्राण्डलाई पछिल्लो समय जिल्ला अदालत भोजपुरले भदौ २१ रिहा गरेलगत्तै प्रहरीले पक्राउ गरेर दाङ लगेकाे हो। दाङमा उनलाई कर्तव्य ज्यान मुद्दा लगाइएको छ।

नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य समेत रहेका प्रकाण्डलाई पक्राउ परेको एक महिनापछि भदौ २३ गते जिल्ला प्रहरी कार्यालय दाङमा ल्याइएको थियो।

अाेली सरकारले निराधार अाराेप लगाएर व्यर्थैमा हिरासतमा राखेकाे भन्दै सर्वाेच्च अदालतले रिहा गर्दा समेत पटक पटक पक्राउ गर्दै अनावश्यक दुख दिएकाे भन्दै सरकारकाे चाैतर्फी विराेध र भण्डाफाेर हुँदै अाएकाे छ ।

अाफुहरूले लगाएका सबै अाराेपहरू पुष्टी नभएपछि  अाेली सरकारलार्इ ठूलाे झट्का लाग्न थालेकाे छ ।

https://youtu.be/WfPhOPwIMGQ

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार