मस्को । चीनका राष्ट्रपति सी चीनपिङ र उहाँका रूसी समकक्षी भ्लादिमिर पुटिनबीच रूसको सुदूरपूर्वी शहर भ्लादिभोस्टोकमा मङ्गलबार भेट भएको छ । भेटमा विश्वका शक्तिशाली दुई नेताबीच दुइपक्षीय सम्बन्ध बिस्तार तथा विश्वमा शान्तिको सुरक्षा, र विश्वको आर्थिक तथा राजनीतिक स्थायित्वका बिषयमा कुराकानी भएको बताइएको छ । भ्लालिभोस्टोकमा हुने चौँथो ‘इस्टर्न इकोनोमिक फोरम’मा सहभागी हुन रूसी राष्ट्रपति पुटिनको निमन्त्रणामा सी रूस पुगेका हुन् ।
रूसको चीनसँग बढ्दो निकट सम्बन्धको सम्मेलनका अवसरमा भाग लिन रूस पुगेका चिनियाँ राष्ट्रपतिको सीको राष्ट्रपति पुटिनले मुक्त कण्ठले प्रशंसा गरे । ‘हामीबीच राजनीतिक, सुरक्षा तथा रक्षा क्षेत्रमा विश्वासिलो सम्बन्ध रहेको छ,’ रूसी राष्ट्रपतिले भने । उक्त अवसरमा चीनका राष्ट्रपति सीले दुई मुलुकबीचको मित्रता सधैँ मजबुत रहँदै आएको बताएको जनाइएको छ । सिन्ह्वा







