काठमाडौ । हिजो दिनभरी नैं गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ चर्चाको शिखरमा रहन सफल भए । उनी चर्चामा आउँनुको कारण यौन व्यवसायलाई व्यवस्थित बनाउन यौनकर्मीलाई परिचयपत्रको व्यवस्था गर्नुपर्ने बताएका छन । नेपालमा अहिले पनि करोडौं रकम यौनव्यवसायमा आम्दानी हुने गरेको एक अध्यनले देखाएको छ ।
यौनव्यवसायलाई कानुनि दायरामा ल्याएर सञ्चालनको अनुमति दिन सक्ने हो भने राज्यलाई धेरैं ठुलो मुनाफा मिल्ने जानकारहरु बताउँछन । होटल संघ नेपालले मंगलबार पोखरामा गरेको कार्यक्रममा उनले रेडलाइट एरिया हुनुपर्ने या परिचयपत्र व्यवस्था गर्नुपर्ने सुझाए । “जति रोक्न खोजे पनि भित्रभित्रै धन्दा भइरहेकै छ ।” उनले भने, “बरु धन्दा गर्नेलाई परिचयपत्र दिएर व्यवस्थित बनाऔं ।” विभिन्न जिल्लाबाट कर्मचारी पोखरा आउँदा सरकारी अतिथिगृहमा नबस्ने उल्लेख गर्दै उनले भने, “लेकसाइड जाने कारण त्यही रहेछ ।”







