काठमाडौ । ‘मन्त्रीलाई भेट्न’ नदिएको भन्दै सिंहदरबारभित्र मन्त्रीकै कार्यकक्षमा मन्त्रीका स्वकीय सचिव कुटिएका छन् । लामो समयसम्म कुर्दा पनि उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवलाई भेट्न नदिएको भन्दै मन्त्रीका स्वकीय सचिव सन्तोष विष्टलाई नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले मन्त्रालयमै कुटेका हुन् ।

गृह मन्त्रालयमा भेटघाट गर्न नेकपाका ५ जना द्वन्द्वपीडित कार्यकर्ताले गेटबाट पास लिएर सिंहदरबार छिरेका थिए । तर, लामो समयसम्म कुर्दा पनि भेट्न पालो नआएपछि आक्रोशित कार्यकर्ताले बेवास्ता गरेको भन्दै सचिव विष्टलाई कुटेका हुन् ।

यता, स्वकीय सचिव विष्टले मन्त्री व्यस्त रहेको भन्दै भेट्न पुगेका कार्यकर्तालाई बाहिरै अलमल्याउन खोजेका थिए । तर, आफ्नै पार्टीका मन्त्री भेट्न आएका कार्यकर्ताले लामो समय कुर्दा पनि भेट गर्न नपाएपछि त्यसको रिस स्वकीय सचिवमाथि पोखेको प्रत्यक्षदर्शीले बताए । स्रोतका अनुसार साँझ ६ बजेसम्म पनि भेट्न पाउने÷नपाउने विषयमा भनाभन भएपछि २ जना कार्यकर्ताले स्वकीय सचिव विष्टमाथि कुटपिट गरेको बताइएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार